काठमाडौं । प्रविधि क्षेत्रमा उपभोक्तालाई आकर्षित गर्न प्रयोग हुने धेरै शब्दहरू वास्तवमा जति प्रभावशाली देखिन्छन्, त्यति सत्य हुँदैनन् । धेरैजसो कम्पनीहरूले आफ्ना उत्पादनलाई ‘विशेष’ वा ‘अनन्तकालीन’ देखाउन प्रयोग गर्ने यस्ता शब्दहरूको वास्तविकता भने अर्कै हुन्छ ।
वास्तविक एउटा हुन्छ तर ग्राहकलाई लोभ्याउनका लागि देखाइएको वा प्रचार गरिएको अर्कै हुन्छ । त्यसैले त्यस्ता शब्दहरू तपाईले थाहा पाइरहन जरूरी छ ।
मिलिटरी-ग्रेड
फोन कभर वा भीपीएन जस्ता उत्पादनहरूमा प्रायः ‘मिलिटरी-ग्रेड’ भन्ने शब्द प्रयोग हुन्छ । यो सुन्दा अत्यन्त सुरक्षित वा उच्चस्तरको जस्तो लागे पनि यसको कुनै आधिकारिक मापदण्ड छैन् ।
सैन्य प्रयोगमा हुने AES-128 वा AES-256 जस्ता इन्क्रिप्सन प्रोटोकलहरू सामान्य प्रयोगकर्ताले पनि दैनिक प्रयोग गर्ने हो । त्यसैले ‘मिलिटरी-ग्रेड’ भन्ने दाबी बढाइचढाइ मात्र हो ।
वाटरप्रुफ
कुनै पनि उपकरण पूर्ण रूपमा ‘वाटरप्रुफ’ हुँदैन । उपयुक्त अवस्थामा पानीले सबै इलेक्ट्रोनिक उपकरणमा क्षति पुर्याउन सक्छ । त्यसैले यसका लागि ‘वाटर-रेसिस्टेन्ट’ शब्द प्रयोग गर्नुपर्ने हो ।
अन्तर्राष्ट्रियस्तरमा IP रेटिङ प्रणालीले मात्र यथार्थमा कति पानी वा धुलो सहन सक्छ भन्ने बताउँछ । आईपी रेटिङ शुन्य छ भने त्यो पानी वा धुलो प्रतिरोधात्मक छैन् । तर जति धेरै नम्बर भयो उति राम्रो हुन्छ ।
लाइफटाइम लाइसेन्स
एक पटक भुक्तानी गरेर सधैंका लागि सफ्टवेयर प्रयोग गर्न पाउने सुविधा लोभलाग्दो लाग्छ । तर प्रायः कम्पनीहरूले आफ्नो नाफा टिकाइराख्न यस्तो मोडेललाई लामो समयसम्म कायम राख्दैनन् ।
‘लाइफटाइम’ भन्नाले प्रयोगकर्ताको होइन, सफ्टवेयर वा कम्पनीको आयु जनाउन सक्छ । कम्पनी बन्द भए वा नयाँ संस्करण आयो भने पुरानो लाइसेन्स निष्क्रिय हुने जोखिम उच्च हुन्छ ।
‘अनलिमिटेड’ प्लान
मोबाइल डाटा वा क्लाउड स्टोरेजमा प्रायः ‘अनलिमिटेड’ भनिएपनि व्यवहारमा सीमा हुन्छ । धेरै टेलिकम कम्पनीहरूले निश्चित जीबी भन्दा बढी प्रयोग गरेपछि स्पीड घटाउँछन् वा अन्य सीमाहरू लगाउँछन् । सन् २०१५ मा वानड्राइभले पनि ‘अनलिमिटेड’ क्लाउड स्टोरेज हटाउनुपरेको उदाहरण अझै स्मरणीय छ ।
फ्री डिभाइस अन अस
मोबाइल सेवा प्रदायकहरूले प्रायः ‘हामीसँग साइनअप गर्दा फोन निःशुल्क’ भन्ने अफर ल्याउँछन् । तर प्रायः यस्तो सुविधा महँगो प्लानमा मात्र लागू हुन्छ र लामो समय (२४–३६ महिना) सम्म सेवामा बाँधिनुपर्ने हुन्छ ।
वास्तवमा उपभोक्ताले अप्रत्यक्ष रूपमा फोनको मूल्य तिर्नैपर्छ । सामान्यतया, तपाईंले आफ्नो फोन सिधैं निर्माताबाट (पहिले वा भुक्तानी योजना प्रयोग गरेर) खरिद गरेर पैसा बचत गर्न सक्नुहुनेछ ।
स्नेहा झा