कीवर्डहरू -

२५ वर्षपछि नयाँ यातायात नीति : डिजिटल, स्मार्ट र हरित यातायात प्रणाली निर्माणमा सरकारको जोड

२५ वर्षपछि नयाँ यातायात नीति : डिजिटल, स्मार्ट र हरित यातायात प्रणाली निर्माणमा सरकारको जोड

काठमाडौं । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिमा व्यापक संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति २०८३’ लागू गरेको छ । नयाँ नीतिले दिगो, सुरक्षित, सर्वसुलभ, पहुँचयोग्य, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक, रेल, जलमार्ग र हवाई यातायातबीच प्रभावकारी समन्वय कायम गर्दै एकीकृत यातायात प्रणाली विकास गर्ने उद्देश्यले नयाँ नीति कार्यान्वयनमा ल्याइएको हो ।

मन्त्रालयले आधुनिक प्रविधिमा आधारित, सुरक्षित र प्रभावकारी यातायात सेवाको विस्तार गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य नीतिले लिएको जनाएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सार्वजनिक यातायातको गुणस्तर अभिवृद्धि, सडक सुरक्षा सुदृढीकरण, वातावरणमैत्री प्रविधिको प्रवर्द्धन तथा डिजिटल प्रणालीको विस्तारलाई नयाँ नीतिमा विशेष प्राथमिकता दिइएको छ ।

सरकारले बदलिँदो प्रविधि, तीव्र सहरीकरण, जलवायु परिवर्तनका चुनौती तथा दिगो विकासका लक्ष्यलाई ध्यानमा राख्दै दुई दशकभन्दा बढी समयपछि राष्ट्रिय यातायात नीतिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।