काठमाडौं । विश्वकै नम्बर १ विद्युतीय दुईपांग्रे सवारी साधन ब्रान्ड याडिया (YADEA) को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ ।
कम्पनीले अत्याधुनिक प्रविधियुक्त GS70, GT70 र GT80 मोडेलका विद्युतीय स्कुटरहरू चाँडै नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको हो । नयाँ सिरिजको आगमनले नेपालमा स्मार्ट, दिगो तथा भरपर्दो विद्युतीय यातायातलाई प्रवर्द्धन गर्ने याडियाको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
आधुनिक प्रयोगकर्ताको आवश्यकता अनुरूप डिजाइन गरिएका यी नयाँ मोडेलहरूमा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी, प्रभावशाली यात्रा दूरी (रेञ्ज) र आकर्षक आधुनिक डिजाइन समावेश गरिएको छ, जसले चालकलाई उत्कृष्ट र सहज यात्राको अनुभव प्रदान गर्नेछ ।
विशेषगरी दैनिक सहरी आवतजावत, लामो दूरीको यात्रा तथा उच्च प्रदर्शन खोज्ने ग्राहकहरूलाई लक्षित गर्दै यी स्कुटरहरू विकास गरिएका हुन् । यी मोडेलहरूले व्यवहारिक, किफायती तथा वातावरणमैत्री यातायातको समाधान प्रदान गर्नेछन् । नयाँ मोडेलहरूले उत्कृष्ट प्रदर्शन, सुरक्षा, आराम र स्मार्ट प्रविधिलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता पूरा गर्ने कम्पनीको दाबी छ ।
कुजु नेपालका अनुसार यी तीनै मोडेलहरूको विस्तृत प्राविधिक विशेषता, मूल्य, उपलब्धता तथा विशेष लन्च अफरहरूबारे आगामी ६ अगस्ट २०२६ (साउन २१) मा आयोजना हुने औपचारिक सार्वजनिक कार्यक्रममा जानकारी गराइनेछ ।
आईसीटी समाचार