कीवर्डहरू -

कन्सुलर सेवा लिन अब अनलाइन आवेदन अनिवार्य, यस्तो छ नयाँ व्यवस्था

कन्सुलर सेवा लिन अब अनलाइन आवेदन अनिवार्य, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । कन्सुलर प्रमाणीकरण सेवा लिन चाहने सेवाग्राहीले अब अनलाइनमार्फत आवेदन दिनुपर्ने भएको छ । कन्सुलर सेवा विभागले नेपाल ई-एटेस्टेसन सिस्टम (NEATS) सञ्चालनमा ल्याउँदै साउन २७ गतेदेखि कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

विभागका अनुसार भदौ १ गतेदेखि कागजात प्रमाणीकरणका लागि ‘निट्स’ प्रणालीमार्फत अनलाइन आवेदन दिनु अनिवार्य हुनेछ । सेवाग्राहीले प्रणालीमा आवश्यक कागजात अपलोड गरी आवेदन स्वीकृत भएपछि तोकिएको राजस्व तिर्नुपर्नेछ ।

राजस्व भुक्तानीपछि प्राप्त हुने अपोइन्टमेन्टको मिति र समयमा सक्कल कागजातसहित विभागमा उपस्थित भएर प्रमाणीकरण सेवा लिन सकिनेछ । अनलाइन आवेदन तथा अपोइन्टमेन्टका लागि विभागले https://doc.nepalconsular.gov.np वेबसाइट उपलब्ध गराएको छ ।

विभागले नयाँ व्यवस्थाले कन्सुलर प्रमाणीकरणको प्रक्रियालाई थप व्यवस्थित, सहज र सेवाग्राहीमैत्री बनाउने जनाएको छ ।