कीवर्डहरू -

सिद्धार्थ बैंकमा अब अनलाइनबाटै कर्पोरेट खाता खोल्न सकिने

सिद्धार्थ बैंकमा अब अनलाइनबाटै कर्पोरेट खाता खोल्न सकिने

काठमाडौं । व्यवसाय तथा संस्थाका लागि बैंक खाता खोल्ने प्रक्रियालाई डिजिटल बनाउँदै सिद्धार्थ बैंक लिमिटेडले अनलाइनमार्फत कर्पोरेट तथा व्यवसायिक खाता खोल्न सकिने सेवा सुरु गरेको छ ।

बैंकका अनुसार नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अब प्रारम्भिक खाता खोल्ने प्रक्रिया अनलाइनबाटै पूरा गर्न सक्नेछन् । यसका लागि ग्राहकले आवश्यक विवरण तथा कागजात डिजिटल माध्यमबाट पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

परम्परागत रूपमा बैंक शाखामा पुगेर गर्नुपर्ने प्रक्रियालाई सहज बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यसबाट व्यवसायिक ग्राहकको समय बचत हुनुका साथै खाता खोल्ने प्रक्रियामा हुने कागजी तथा प्रशासनिक झन्झटसमेत कम हुने अपेक्षा गरिएको छ ।

यद्यपि, खाता सक्रिय गर्न आवश्यक प्रमाणीकरण तथा अन्तिम प्रक्रिया पूरा गर्न ग्राहकले सक्कली कागजातसहित आफूलाई पायक पर्ने बैंकको शाखामा एकपटक उपस्थित हुनुपर्नेछ ।

बैंकले नयाँ सेवाले व्यवसायिक तथा संस्थागत ग्राहकलाई बैंकिङ सेवामा थप सहज डिजिटल पहुँच प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । साथै, यसले व्यवसायिक बैंकिङ सेवालाई थप प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउन सहयोग गर्ने बैंकको भनाइ छ ।

सेवाका सम्बन्धमा थप जानकारी तथा सहयोगका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।