काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै भोलि अगस्ट २४ देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ । दशैंसम्म लागू हुने यस विशेष विजय उत्सव मार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडलमा ठूलो छुट तथा आकर्षक अफर प्राप्त गर्ने अवसर पाउनेछन् ।
नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकहरूका लागि ‘टोयोटा विजय उत्सव’ अर्को ठूलो अवसरका रूपमा आएको टोयोटा नेपालले जनाएको छ ।
अटो शोमा सहभागी हुन नसकेका वा सो अवधिमा गाडी बुकिङ गर्न नपाएका ग्राहकहरूले अब दशैंको अवसरमा टोयोटाका गाडी खरिद गर्ने विशेष लाभ लिन सक्नेछन् ।
टोयोटा विजय उत्सव विशेष गरी दशैंको उत्साहसँग जोड्दै ग्राहकलाई आफ्नो नयाँ यात्रा सुरु गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । यस अवधिमा टोयोटाका विभिन्न मोडलमा विशेष तथा ठूलो छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
'नाइमा अटो शोमा छुटेको अवसर अब फेरि तपाईंको नजिक’ भन्ने भावनासहित सुरु हुने ‘टोयोटा विजय उत्सव’ दशैंसम्म सञ्चालन हुनेछ । टोयोटा नेपालले यस अवसरमा सहभागी भई विशेष अफरको लाभ उठाउन सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।
आईसीटी समाचार