काठमाडौं । नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्स आफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो ।
यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन सफल भएको छ । नेपालका सडकमा हालसम्म २,००० भन्दा बढी नामी सवारी साधन सञ्चालनमा आइसकेका छन् । यससँगै नामीले नेपालमा आफ्नो बलियो र प्रमाणित उपस्थिति स्थापित गरेको छ ।
नामी भिगोइ २ को सफल सार्वजनिकरणपछि अब नयाँ नामी बक्सले अझ परिष्कृत र आकर्षक सुविधासहित यो यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ । नयाँ नामी बक्सका सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्य नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने जनाइएको छ ।
आईसीटी समाचार