काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला नेपालले ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा विशेष कार्यक्रम आयोजना गरी नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एससी साबुले संयुक्त रूपमा स्मार्टफोन सार्वजनिक गरे । कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’का कलाकार तथा निर्माण टोलीको समेत उपस्थिति थियो । अभिनेत्री प्रियंका कार्की पनि कार्यक्रममा सहभागी थिइन् ।
मोटोरोला र चौधरी ग्रुपले ‘मास्टर्नी’सँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए । प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
७,००० एमएएच ब्याट्री, १४४ हर्ज डिस्प्ले
एज ७० फ्युजनमा ५० मेगापिक्सेल सोनी-एलवाईटी ७१० क्यामेरा, मोटो एआई, ७,००० एमएएच ब्याट्री र ६८ वाट टर्बोपावर फास्ट चार्जिङ सुविधा छ ।
फोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको १.५के क्वाड-कर्भ्ड डिस्प्ले र ५,२०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ । प्रिमियम फेब्रिक फिनिस तथा प्यान्टोनद्वारा छनोट गरिएका विभिन्न रङमा फोन उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार एज ७० फ्युजन २९ अगस्ट २०२६ देखि नेपालभर बिक्रीमा आउनेछ । यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ । मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत बिक्री हुँदै आएको छ ।
कम्पनीले स्मार्टफोन बिक्रीसँगै देशभर सेवा केन्द्रको सुविधा उपलब्ध गराउने जनाएको छ । ‘मास्टर्नी’सँगको सहकार्यमा गरिएको सार्वजनिक कार्यक्रममार्फत मोटोरोला नेपालले नयाँ स्मार्टफोनलाई प्रविधिसँगै मनोरञ्जनको अनुभवसँग जोड्ने प्रयास गरेको छ ।
आईसीटी समाचार