कीवर्डहरू -

बाढी प्रभावित क्षेत्रमा टेलिकमको राहत : दुई दिन भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० एसएमएस नि:शुल्क

बाढी प्रभावित क्षेत्रमा टेलिकमको राहत : दुई दिन भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० एसएमएस नि:शुल्क

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई लक्षित गर्दै दुई दिनसम्म नि:शुल्क भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने भएको छ ।

टेलिकमका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले दुई दिनसम्म भ्वाइस कल नि:शुल्क प्रयोग गर्न पाउनेछन् । यससँगै प्रत्येक दिन २ जीबी मोबाइल डाटा र ५० वटा एसएमएस समेत नि:शुल्क उपलब्ध हुनेछन् ।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गर्दै नेपाल टेलिकमले एसएमएसमार्फत आवश्यक सावधानी तथा सचेतनामूलक सूचना प्रवाह गरिरहेको जनाएको छ ।

सेवाग्राहीलाई आपत्कालीन तथा आवश्यक जानकारी उपलब्ध गराउन सचेतनामूलक रिङब्याक टोन समेत सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । प्रतिकूल मौसम तथा भौगोलिक कठिनाइका बाबजुद सेवा पुन: स्थापनाका लागि आवश्यक काम भइरहेको टेलिकमले जनाएको छ ।