काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ ।
नयाँ नामी बक्स ई२ दुई भेरियन्ट-बक्स ई२ ३३० र बक्स ई२ ४३०मा उपलब्ध छ । नाडा अटो शो अवधिभर बक्स ई२ ३३० विशेष मूल्य २९.९९ लाखमा र बक्स ई२ ४३० को मूल्य ३१.९९ लाखमा उपलब्ध हुनेछ । नाडापछि यी भेरियन्टको मूल्य क्रमश: ३०.९९ लाख र ३२.९९ लाख कायम हुनेछ ।
सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा भित्रिएको नामी बक्सले आफ्नो आकर्षक डिजाइन, जीवन्त रङ विकल्प, पाँच जना बस्न मिल्ने फराकिलो क्याबिन, व्यावहारिक ड्राइभिङ रेन्ज र आरामदायी फिचरका कारण छोटो समयमै विशेष पहिचान बनाउन सफल भएको थियो ।
नयाँ बक्स ई२ यही प्रमाणित आधारमा तयार गरिएको हो । यसले विशेष गरी युवा ग्राहक, सहरी प्रयोगकर्ता तथा आफ्नो पहिलो इलेक्ट्रिक कारको खोजीमा रहेका परिवारका लागि इलेक्ट्रिक मोबिलिटीलाई अझ पहुँचयोग्य बनाएको छ ।
परिमार्जित फिचर कन्फिगरेसन
नयाँ बक्स ई२ लाई अझ प्रतिस्पर्धी मूल्यमा उत्कृष्ट भ्यालु प्रदान गर्ने गरी तयार गरिएको छ । अघिल्लो मोडलको तुलनामा नयाँ संस्करणमा लेभल २ एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ उपलब्ध छैनन् ।
यद्यपि, नयाँ बक्स ई२ मा डार्क मोड, इन-बिल्ट कारप्ले र यात्रुको सुरक्षाका लागि ६ वटा एयरब्याग उपलब्ध छन् । यसले नामी बक्सका मुख्य विशेषता-आकर्षक डिजाइन, फराकिलो तथा आरामदायी इन्टेरियर, व्यावहारिक ड्राइभिङ रेन्ज र सहज इलेक्ट्रिक मोबिलिटीलाई निरन्तरता दिएको छ ।
बक्स ई२ ३३० ले २३७ किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्छ भने बक्स ई२ ४३० ले ३१७ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । यसले ग्राहकलाई आफ्नो दैनिक ड्राइभिङ आवश्यकताअनुसार उपयुक्त विकल्प रोज्ने सुविधा प्रदान गर्छ ।
नेपालका सडकमा २,००० भन्दा बढी नामी इलेक्ट्रिक सवारीसाधन सञ्चालनमा रहेको अवस्थामा नयाँ बक्स ई२ को बिक्री सुरुवातले नेपाली ग्राहकलाई आकर्षक, व्यावहारिक र भ्यालुमा आधारित इलेक्ट्रिक मोबिलिटी प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।
ग्राहकले नाडा अटो शो २०२६ का दौरान डोङफेङ नामीको स्टल नम्बर ए६ र ए७ मा नयाँ नामी बक्स ई२ को अवलोकन, अनुभव तथा बुकिङ गर्न सक्नेछन् ।
आईसीटी समाचार