कीवर्डहरू -

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने

काठमाडौं । बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ । बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा तत्काल विच्छेद नगर्ने जनाएको छ ।

नियमित रूपमा सेवा शुल्क तिर्न नसकेका वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेट समेत तत्काल बन्द नगरिने कम्पनीले जनाएको हो । त्यसैगरी, नवीकरणको म्याद सकिन लागेका ग्राहकलाई थप ५ दिन नि:शुल्क सेवा अवधि उपलब्ध गराइने वर्ल्डलिंकले जनाएको छ ।

कम्पनीको यो निर्णयबाट बाढीका कारण विस्थापित तथा प्रभावित ग्राहकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । बाढीका कारण त्रिशूली, गजुरी र गल्छी क्षेत्रमा सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा जनजीवनसमेत प्रभावित भएको छ ।

विपद्को समयमा सञ्चार तथा इन्टरनेट सेवा अत्यावश्यक हुने भएकाले ग्राहकलाई सेवा निरन्तर उपलब्ध गराउने प्रयास गरिएको कम्पनीले जनाएको छ । वर्ल्डलिंकले ‘तपाईंको सुरक्षा नै पहिलो प्राथमिकता हो’ भन्दै बाढी प्रभावित क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।