कीवर्डहरू -

ICT Awards र NAS-IT बीच सहकार्य, नेपाली प्रतिभालाई APICTA Awards सम्म पुर्‍याउने पहल

ICT Awards र NAS-IT बीच सहकार्य, नेपाली प्रतिभालाई APICTA Awards सम्म पुर्‍याउने पहल

काठमाडौं । नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्यले NAS-IT र ICT Awards बीच नयाँ सहकार्य भएको छ । यो सहकार्यले नेपालका उत्कृष्ट प्रविधि कम्पनी तथा नवप्रवर्तनलाई APICTA Awards सम्म पुग्ने मार्ग थप सहज बनाउने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार ICT Awards मा सहभागी तथा विजेता भएका योग्य कम्पनी र नवप्रवर्तकलाई APICTA Awards को योग्यता मापदण्ड, विधा छनोट, मनोनयन प्रक्रिया तथा तयारीका विषयमा आवश्यक सहयोग उपलब्ध गराइनेछ ।

null

यस सहकार्यको मुख्य उद्देश्य नेपालमा उत्कृष्ट प्रविधि तथा नवप्रवर्तन पहिचान गरी उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्नु र नेपाली प्रविधिको विश्वव्यापी पहिचान तथा सम्मान बढाउनु रहेको छ ।

NAS-IT र ICT Awards बीचको यो सहकार्यले नेपाली प्रविधि क्षेत्रलाई एसिया प्रशान्त क्षेत्रको प्रतिस्पर्धात्मक मञ्चमा अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।