कीवर्डहरू -

पद्‌म ज्योति समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग

पद्‌म ज्योति समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग

काठमाडौं । आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ ।

समूहले विपद्‌बाट प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ । पद्म ज्योति समूहले बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रको शीघ्र पुन:स्थापनाको कामना गरेको छ ।

साथै, विपद्को यस कठिन घडीमा प्रभावित समुदायलाई सहयोग गर्न आफ्नो सामाजिक उत्तरदायित्व अनुरूप योगदान गरेको जनाएको छ ।