काठमाडौं । स्टामफोर्ड कलेज काठमाडौंले ‘STAMFORD ELITE ARENA’ नामक PUBG Mobile प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंको शान्तिनगर, नयाँ बानेश्वरस्थित कलेजले आयोजना गर्ने प्रतियोगिता आगामी सेप्टेम्बर १५ अर्थात् भदौ ३० गतेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा नेपालभरका १२० टिम सहभागी हुने आयोजकले जनाएको छ । एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ६५ हजार रुपैयाँ रहेको छ । उक्त पुरस्कार राशि करबाहेकको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले सेप्टेम्बर १२ (भदौ २७) भित्र दर्ता गरिसक्नुपर्नेछ । देशभरबाट प्रतिस्पर्धी टिम सहभागी हुने भएकाले प्रतियोगिताले नेपालमा बढ्दो ई-स्पोर्ट्स तथा मोबाइल गेमिङ संस्कृतिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
‘STAMFORD ELITE ARENA’ मार्फत प्रतिस्पर्धात्मक गेमिङमा रुचि राख्ने विद्यार्थी तथा युवालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने कलेजको उद्देश्य रहेको छ ।
आईसीटी समाचार