काठमाडौं । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने नि:शुल्क मेसेजिङ एपमध्ये एक हो । यसको माध्यमबाट प्रयोगकर्ताले मेसेज, फोटो, भिडियो तथा डकुमेन्ट सजिलै पठाउन सक्छन् । त्यस्तै, संसारको जुनसुकै ठाउँमा रहेका मानिससँग नि:शुल्क भ्वाइस तथा भिडियो कल गर्न पनि सकिन्छ ।
ह्वाट्सएपमा उपलब्ध विभिन्न सेटिङको प्रयोग गरेर फोनको स्टोरेज बचाउन सकिन्छ । विशेष गरी ह्वाट्सएपमा आउने फोटो तथा भिडियो आफैं फोनको ग्यालरीमा देखिन वा डाउनलोड हुन नदिँदा फोनको स्टोरेज व्यवस्थापन गर्न सहज हुन्छ ।
ह्वाट्सएपमा प्राप्त फोटो तथा भिडियो फोनको ग्यालरीमा आफैं सेभ हुनबाट रोक्न र मिडिया अटो-डाउनलोड बन्द गर्न तलका सजिला चरण अपनाउन सकिन्छ ।
फोनको ग्यालरीमा फोटो तथा भिडियो देखिनबाट रोक्ने
एन्ड्रोइडका लागि
- ह्वाट्सएप खोल्नुहोस् ।
- माथिल्लो दायाँ कुनामा रहेको तीनवटा थोप्ला (⋮) मा क्लिक गर्नुहोस् ।
- Settings मा जानुहोस् ।
- Chats मा क्लिक गर्नुहोस् ।
- Media visibility विकल्पलाई बन्द गर्नुहोस् ।
यसपछि नयाँ रूपमा ह्वाट्सएपमा प्राप्त भएका फोटो तथा भिडियो फोनको ग्यालरीमा देखिने छैनन् ।
आईफोनका लागि
- ह्वाट्सएप खोल्नुहोस् ।
- तल दायाँ कुनामा रहेको Settings मा क्लिक गर्नुहोस् ।
- Chats मा जानुहोस् ।
- Save to Camera Roll वा Save to Photos विकल्पलाई बन्द गर्नुहोस् ।
यसपछि ह्वाट्सएपमा प्राप्त भएका फोटो तथा भिडियो आफैं आईफोनको फोटो एपमा सेभ हुने छैनन् ।
आईसीटी समाचार