कीवर्डहरू -

भोटेकोशी बाढी पीडितलाई टेलिकम कर्मचारीको २ करोड २ लाखको राहत

भोटेकोशी बाढी पीडितलाई टेलिकम कर्मचारीको २ करोड २ लाखको राहत

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि नेपाल टेलिकमका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड २ लाख २६ हजार ६६ सहयोग गरेका छन् ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो । कम्पनीले शीघ्र संस्थागत रूपमा समेत थप राहत रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।