काठमाडौं । नक्कली टिकटक आइडी बनाई अनलाईन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने सर्लाही लालबन्दी नगरपालिका ५ घर भएका २१ वर्षीय सन्दिप कुमार सिंह कुशुवाह, सप्तरी राजविराज नगरपालिका ९ घर भएका २१ वर्षीय सुमित दास र काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ बस्ने महोत्तरी गौशाला नगरपालिका ५ घर भएका २२ वर्षीय दिपुश सिंह रहेका छन् ।
उनीहरूले CERTIFIED EV SELLER प्रोफाइल नामको फेक टिकटकबाट सस्तो दरमा ईभी स्कुटर, मोटरसाइकलको विभिन्न पार्टसहरू घरमै पुऱ्याई दिने भनी विज्ञापन पोष्ट गरी अग्रिम भुक्तानीको लागि रकम पठाउन प्राप्त गरेको पश्चात सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
आईसीटी समाचार