काठमाडौं । अगस्टमा आएको विनाशकारी बाढीले रसुवालगायत देशका विभिन्न भागमा ठूलो क्षति पुर्याउँदै कैयौँ परिवारलाई घर, सम्पत्ति र कतिपय अवस्थामा आफ्ना प्रियजन समेत गुमाउन बाध्य बनाएको छ ।
विपत्तिपछिका दिनहरूमा क्षतिको वास्तविक स्वरूप अझ स्पष्ट हुँदै गएको छ भने, लगभग सबैथोक गुमाएका परिवारसम्म सहयोग पुर्याउनुपर्ने आवश्यकता पनि बढ्दै गएको छ ।
यही आवश्यकतालाई मध्यनजर गर्दै यामाहा नेपाल परिवार, यामाहा २-व्हीलर डिभिजन, देशभरका यामाहा डिलरहरू तथा यामाहा राइडरहरू राहत तथा सहयोग अभियानमा एकजुट भएका छन् ।
यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डमार्फत रु. १५,००,००० योगदान गरेका छन् । त्यस्तै, यामाहा डिभिजनको जेनजी टिमले आफ्नै व्यक्तिगत बचतबाट रु. १५,००० सहयोग गरेको छ ।
यस्ता कठिन समयमा आफ्नो राष्ट्र र समुदायका लागि साथ दिनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । सम्पूर्ण यामाहा नेपाल परिवारले पनि यही जिम्मेवारीलाई आत्मसात् गर्दै आफूले सक्ने माध्यमबाट सहयोग गर्ने निर्णय गरेको हो ।
यो सामूहिक प्रयासले सहयोगको सबैभन्दा बढी आवश्यकता भएका मानिसहरूसम्म पुगेर उनीहरूलाई केही राहत र भरोसा प्रदान गर्न सकोस् भन्ने सम्पूर्ण यामाहा नेपाल परिवारको अपेक्षा छ ।
पुन:स्थापना र पुनर्निर्माणको यात्रा जारी रहँदा यामाहा नेपाल प्रभावित समुदायसँग आफूले सक्ने हरेक माध्यमबाट र आवश्यक समयसम्म साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
आईसीटी समाचार