काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले आकर्षक नगद छुटसँगै विभिन्न सुविधा तथा पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकले गाडी खरिदमा अधिकतम ३ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् भने स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर समेत प्राप्त गर्नेछन् ।
यस्तै, ग्राहकले एक वर्षको नि:शुल्क अटो प्लस बिमा र एक वर्षको निःशुल्क सडक कर सुविधा पाउनेछन् ।
हुन्डाईका गाडीमा ३ वर्षको सवारीसाधन वारेन्टी र ६ वर्षसम्म नि:शुल्क सर्भिसिङको सुविधा पनि रहेको कम्पनीले जनाएको छ । ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ भदौ २३ गतेदेखि लागू हुने जनाइएको छ ।
आईसीटी समाचार