कीवर्डहरू -

एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने

एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि साधारण र प्रिमियम टिकटको मूल्य निर्धारण गरिएको हो ।

क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ भने प्रिमियम टिकट खरिद गर्न एक हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, प्रतियोगिताको नकआउट चरणअन्तर्गत एलिमिनेटर तथा फाइनल खेलका लागि टिकटको मूल्य बढाइएको छ । यी खेलमा साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ ।

क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताका सबै खेलको टिकट आज साँझ ८ बजेदेखि डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत खरिद गर्न सकिनेछ । तेस्रो संस्करणको एनपीएलका लागि टिकट बिक्री सुरु भएसँगै दर्शकले आफ्नो सुविधाअनुसार साधारण वा प्रिमियम टिकट छनोट गरी खेल अवलोकन गर्न सक्नेछन् ।