काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । गैह्रे कम्प्युटरको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त सेवा शिविर २०८३ साल कार्तिक ११ र १२ गते वालिङ, स्याङ्जामा आयोजना हुनेछ ।
दुई दिन सञ्चालन हुने शिविरमा ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्ना उपकरणको नि:शुल्क प्राविधिक जाँच तथा आवश्यक सेवा प्राप्त गर्न सक्नेछन् । उपकरणको अवस्था परीक्षण गर्नुका साथै सामान्य प्राविधिक समस्या पहिचान, नियमित मर्मतसम्भार, उचित प्रयोग तथा उपकरणको कार्य क्षमता कायम राख्ने विषयमा प्राविधिक टोलीबाट आवश्यक जानकारी र सुझावसमेत प्रदान गरिनेछ ।
प्रिन्टर तथा मल्टिफङ्सन उपकरणको नियमित मर्मतसम्भारले उपकरणको कार्यक्षमता कायम राख्न तथा प्रयोगका क्रममा देखिन सक्ने सामान्य समस्यालाई समयमै पहिचान गर्न सहयोग पुग्ने भएकाले स्थानीय प्रयोगकर्तालाई प्रत्यक्ष प्राविधिक पहुँच उपलब्ध गराउने उद्देश्यले सेवा शिविर सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
नेपालमा ब्रदरका उत्पादन तथा सेवाको पहुँच विस्तार गर्दै आएको सागर ग्रुपले ग्राहकलाई उत्पादन उपलब्ध गराउनुका साथै बिक्रीपछिको सेवा, प्राविधिक सहयोग र ग्राहकसँगको प्रत्यक्ष सम्पर्कलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
स्थानीय स्तरमा सञ्चालन हुने यस्ता सेवा गतिविधिमार्फत ग्राहकको उपकरणसम्बन्धी समस्या, प्रयोग अनुभव तथा आवश्यकतालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसरसमेत प्राप्त हुने सागर ग्रुपको भनाइ छ ।
गैह्रे कम्प्युटर र सागर ग्रुपले वालिङ तथा आसपासका ब्रदर ग्राहकहरूलाई आफ्नो प्रयोगमा रहेको उपकरणसहित सेवा शिविरमा सहभागी हुन आग्रह गरेका छन् । ग्राहकहरूले २०८३ साल कार्तिक ११ र १२ गते वालिङमा उपस्थित भई उपलब्ध निःशुल्क प्राविधिक सेवा, परामर्श तथा उपकरणसम्बन्धी जानकारी लिन सक्नेछन् ।
आईसीटी समाचार