कीवर्डहरू -

सिद्धार्थ बैंकको सेयर धितो कर्जामा अनलाइन आवेदन सुविधा, ७० प्रतिशतसम्म कर्जा पाइने

सिद्धार्थ बैंकको सेयर धितो कर्जामा अनलाइन आवेदन सुविधा, ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा ल्याएको छ । ग्राहकको वित्तीय आवश्यकता सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले बैंकले उक्त सेवा सुरु गरेको हो ।

यस सुविधाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप Siddhartha Bank Smart बचत मार्फत सेयर धितो कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार ग्राहकले धितोमा राख्ने सेयरको मूल्याङ्कनका आधारमा ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकलाई व्यक्तिगत तथा व्यावसायिक आवश्यकता पूरा गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सेयर धितो कर्जा सुविधा सिद्धार्थ बैंकका सबै शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ ।

यस सुविधासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन् ।