काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले नेपालको आईटी उत्पादनको प्रोत्साहनका लागि सहजता अपनाउने नीति रहेको बताएका छन् । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत् नेपालका विभिन्न आईटी उत्पादनहरुले विश्वभर नै बजार लिइरहेको अवस्थामा सरकारले पनि त्यसका लागि प्रोत्साहन गर्ने जनाउँदै विभिन्न आईटी उत्पादकहरुसँग छलफल गरेको जनाएका छन् ।
प्रधानमन्त्री बालेनले नेपालमा बनेका विश्वचर्चित लुडो (करिब २० करोड डाउनलोड) र कल ब्रेक (१५ करोडभन्दा बढी डाउनलोड) जस्ता गेमहरूको सफलताले यहाँको प्राविधिक क्षमता पुष्टि गरिसकेको छ । यसै सन्दर्भमा, यस क्षेत्रमा कृत्रिम अवरोधहरू हटाउँदै नेपालबाटै 'ग्लोबल युनिकर्न' (Global Unicorn) कम्पनीहरू जन्माउने वातावरण तयार पार्न सरकारले पहल थालेको जनाएका छन् ।
उनले लेखेका छन्,
के तपाइलाइ थाहा छ नेपालमा गेम बनाएर संसारभर नाम कमाएका गेम कम्पनीहरू पनि छन् । संसारकै सबैभन्दा चर्चित लुडो (~ २०० मिलियन Downloads ) र कलब्रेक गेम (१५० मिलियन + downloads) नेपालीले नै बनाएका हुन् । त्यसै गरि सयौ युवाहरु गेम app बनाउन तल्लिन हुनु हुन्छ ।
हामीले वहाँहरु लाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो Game Development क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरू बारे पनि कुरा गर्यौं र अब वहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ । नेपाल बाटै हामीले Global Unicorn कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौ ।
IT को प्रोडक्टहरु र एक्सपोर्ट पनि अहिले निकै promising स्टेजमा छ र हाम्रो ट्यालेन्ट, कम्पनीहरूले सहजै कमाउने, re invest गर्ने कुराहरू लाई ध्यानमा राख्दै tax सहजता र Policy improvement, international income मा conservative नियमहरू अझै सहज बनाउने छौं।
यसका साथै Game Jam, Startup events, IT Sector र राष्ट्र बैंक, अर्थ मन्त्रालयको regular interaction, Hackathons र समग्र IT Product & Gaming industry लाई फाईदा हुने ecosystem events मा invest गर्ने छौं ।
आईसीटी समाचार