कीवर्डहरू -

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । ई.मास ५ ले उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक (पिपुल्स च्वाइस) र उत्कृष्ट किफायती कार (एडिटर्स च्वाइस) विधामा अवार्ड प्राप्त गरेको हो ।

पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र विश्वासका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्यांकनमा आधारित छ । यी अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा ई.मास ५ को बढ्दो लोकप्रियता र स्वीकार्यतालाई देखाएको कम्पनीले जनाएको छ ।

आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका सुविधासहित ई.मास ५ ले विद्युतीय सवारीलाई थप पहुँचयोग्य बनाउने प्रोटोनको लक्ष्य रहेको छ । नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार भइरहेको र उपभोक्ताले प्रविधिमैत्री तथा उचित मूल्यका सवारीसाधन रोज्न थालेका बेला यो उपलब्धि महत्वपूर्ण रहेको कम्पनीको भनाइ छ ।

नेपालमा प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि हो । प्रोटोन ई.मास ७ को सफल परिचयपछि ई.मास ५ को आगमनले नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । कम्पनीले बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै नेपाली ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका सवारीसाधन र भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।