कीवर्डहरू -

नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट

नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट

काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ । कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म कायम गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको हो ।

यसअघि मेस एपी अफर असोज ८ गतेदेखि र ३० एमबीपीएस एनटी फाइबर प्याकेज असोज ३० गतेदेखि सञ्चालनमा ल्याइएको थियो । नेपाल टेलिकमका अनुसार ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।

त्यस्तै, घरका सबै स्थानमा वाइफाइ पहुँच पुर्‍याउन प्रयोग हुने मेस एपी ४० प्रतिशत छुटसहित २ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । यसैबीच, कम्पनीले दसैं–तिहार अफरअन्तर्गत नयाँ ग्राहकलाई उपलब्ध गराएको वाईफाई६ इन्डिभिजुअल प्याकेजमा ३ हजार रुपैयाँ छुटको समयसीमा भने कात्तिक ३० गतेसम्म मात्र राखेको छ ।

उक्त छुट पाउन नयाँ जडानका लागि कात्तिक ३० गतेभित्रै डिमान्ड पोर्टलमा आवेदन दर्ता गराइसक्नुपर्नेछ । यसका लागि ग्राहकले नेपाल टेलिकमको १९८ नम्बरमा फोन गर्न, नेपाल टेलिकम एप प्रयोग गर्न वा कम्पनीको डिमान्ड पोर्टल मार्फत आवेदन दिन सक्नेछन् ।