कीवर्डहरू -

अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक

अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रा.लि. ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरे ।

अनावरणपछि मञ्चबाटै मोटरसाइकलको विशेषताबारे जानकारी दिँदै टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले भने, ‘अपाचे २०० ४भी यू.एस.डी. को मुख्य विशेषता यसको रिफाइन्ड इन्जिन र सहज प्रदर्शन हो । यसका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल(च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टमले राइडरलाई उत्कृष्ट, सुरक्षित र प्रविधियुक्त राइडिङ अनुभव प्रदान गर्छ ।’

नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मा रिफाइन्ड इन्जिन र सहज प्रदर्शनका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल-च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम रहेका छन् । यी विशेषताले यस मोटरसाइकललाई प्रदर्शन, सुरक्षा र प्रविधिको सन्तुलित संयोजनका रूपमा प्रस्तुत गरेको छ ।

यस मोटरसाइकलमा तीन राइड मोड रहेका छन् । दैनिक यात्राका लागि अर्बन मोड, मोटरसाइकलको रोमाञ्चक प्रदर्शन अनुभव गर्न स्पोर्ट मोड, र ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायताले चल्ने रेन मोड राइडरले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार छनोट गर्न सक्नेछन् ।

यो मोटरसाइकल ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध छ । नेपाली बजारमा अपाचे आरटीआर २०० ४भी यू.एस.डी. को मूल्य ४,५९,९०० रूपैयाँ तोकिएको छ । यो मोटरसाइकल नेपालभरका टीभीएस शोरुममा उपलब्ध छ ।