कीवर्डहरू -

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

काठमाडौं । डिजिटल भुक्तानीको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले हालै काठमाडौंमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गर्दै नेपालको विकासोन्मुख डिजिटल भुक्तानी इकोसिस्टमलाई सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुन: दोर्होयाएको छ ।

‘विश्वास: विश्वलाई अगाडि बढाउने शक्ति’ भन्ने मूल नाराका साथ सम्पन्न यस कन्क्लेभमा नेपालको बैंकिङ तथा वित्तीय सेवा क्षेत्र, सरकार, नियामक निकाय र समग्र भुक्तानी इकोसिस्टमका २०० भन्दा बढी नेतृत्वकर्ता तथा सरोकारवालाहरूले सहभागी भई अझ सुरक्षित, नवीन र समावेशी डिजिटल अर्थतन्त्र निर्माणबारे आ-आफ्ना धारणा आदानप्रदान गरेका थिए ।

यो कन्क्लेभ भुक्तानी क्षेत्रमा आइरहेका परिवर्तन तथा उपभोक्ता, व्यवसाय र वित्तीय संस्थाहरूका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्न विश्वास, नवीनता र सहकार्यको भूमिकाबारे अर्थपूर्ण छलफल गर्ने महत्त्वपूर्ण मञ्च बनेको थियो ।
 
कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन तथा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका निर्देशक अजित रेग्मी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

साथै, भिसाको नेतृत्व तहबाट बंगलादेश, नेपाल तथा भुटानका लागि कन्ट्री म्यानेजर सब्बिर अहमद, भिसा नेपालका प्रमुख मनोज थापा र बंगलादेश, नेपाल तथा भुटानका लागि प्रोडक्ट प्रमुख तौफिक इमामको पनि सहभागिता रहेको थियो ।

बंगलादेश, नेपाल तथा भुटानका लागि भिसाका कन्ट्री म्यानेजर सब्बिर अहमदले भने, ‘कुनै पनि सफल डिजिटल भुक्तानी प्रणालीको आधारस्तम्भ भनेकै विश्वास हो । नेपाल डिजिटल रूपान्तरणको यात्रामा अघि बढिरहेका बेला नवीनता, सुरक्षा र अर्थपूर्ण साझेदारी मार्फत यो विश्वासलाई थप बलियो बनाउनु उपभोक्ता तथा व्यवसायका लागि नयाँ अवसरका ढोका खोल्ने निर्णायक कडी हुनेछ ।

‘हाम्रो अन्तर्राष्ट्रिय अनुभव, आधुनिक प्रविधि तथा सशक्त सञ्जाललाई स्थानीय सहकार्यसँग आबद्ध गर्दै नेपालको डिजिटल भुक्तानी अभियानलाई साकार पार्न भिसा निरन्तर क्रियाशील रहेको छ । यस सम्मेलनले हाम्रा वित्तीय साझेदार, नियामक निकाय तथा सरोकारवालाहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै सुरक्षित, पहुँचयोग्य र प्रविधिमैत्री डिजिटल अर्थतन्त्र सुदृढ गर्ने दिशामा हाम्रो साझा अठोटलाई पुन: उजागर गरेको छ ।’

सन्ध्याकालीन कार्यक्रमका क्रममा ‘भिसा बिजनेस एक्सलेन्स अवाड्र्स’ पनि प्रदान गरिएको थियो । यी पुरस्कार मार्फत नेपालमा डिजिटल भुक्तानीलाई अघि बढाउन बैंक, वित्तीय संस्था र इकोसिस्टमका साझेदारहरूले पु¥याएको नेतृत्वदायी भूमिका, नवीनता र योगदानको कदर गरिएको थियो ।

उक्त पुरस्कारले देशको भुक्तानी क्षेत्रलाई सुदृढ बनाउन र डिजिटल भुक्तानी समाधानको अधिकतम प्रयोग बढाउन सरोकारवालाहरूले गरेको सामूहिक प्रयासको उत्सव मनाएको थियो ।

भिसा लिडरसिप कन्क्लेभ २०२६ ले ग्राहक, साझेदार, नियामक निकाय र समग्र इकोसिस्टमसँग निकट रहेर नेपालको डिजिटल रूपान्तरणको यात्रालाई सहयोग गर्ने भिसाको निरन्तर ध्यान केन्द्रलाई थप बलियो बनाएको छ ।

विश्वव्यापी क्षमता र स्थानीय सहकार्यको समन्वयद्वारा भिसा व्यक्ति, व्यवसाय र अर्थतन्त्र समृद्ध बनाउन सघाउने सुरक्षित, सहज र समावेशी डिजिटल भुक्तानी अनुभव उपलब्ध गराउन प्रतिबद्ध छ ।