कीवर्डहरू -

डिजिटल नेपाल

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीले कूलपति स्वर्ण पदक प्राप्त गरेका छन् । भोली बिहीबार हुने पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा उनीहरुलाई कूलपति स्वर्ण पदक प्रदान गर्न लागिएको छ ।

कलेजको स्नातकोत्तर तह अन्तरगत कन्ट्रक्सन म्यानेजमेन्ट, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका ६ जना विद्यार्थीहरुले कूलपति स्वर्ण पदक प्राप्त गरेका हुन् । कलेजका विद्यार्थीहरु आशिष पोखरेल, मनोज अर्याल, निश्चल सिलवाल, कुशल भुसाल, मनिषा भट्टराई र स्वस्तीका भट्टराईले समेत कूलपति स्वर्ण पदक प्राप्त गरेको नेक सिपिएसका कार्यवाहक एकेडेमिक कोअर्डिनटर एशोसिएट प्रोफेसर रोवर्ट डंगोलले बताउनु भयो । स्नातकोत्तर तहमै अध्ययनरत अन्य ८ जना विद्यार्थीहरु डीन लिस्टमा पर्न सफल भएका छन् ।

कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार यस पटकको दीक्षान्त समारोहमा स्नातकोत्तर र स्नातक तहका ३४ जना बिद्यार्थी कूलपति स्वर्ण पदक र डीन लिस्टमा पर्न सफल भएका छन् । ‘यो पटक हाम्रा विद्यार्थीहरुले राम्रो सफलता प्राप्त गर्न सफल भएका छन् । ६ जनाले कूलपति स्वर्ण पदक पाउँदै हुनुहुन्छ । स्नातक तहका २० जना र स्नातकोत्तर तहका ८ जना विद्यार्थी डीन लिस्टमा पर्न सफल हुनुभयो ।’ मिडिया रिलेसन अफिसर झाले भने ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु मध्येकै उत्कृष्ट शैक्षिक संस्था हो । केही समय अगाडी मात्रै कलेजका इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका विद्यार्थी इन्जिनियर अनिलकुमार यादवले नेपाल टेलिकममा सबैभन्दा कम उमेरमा नाम निकाल्न सफल भएका थिए । उनी पोखरा विश्वविद्यालयकै टपर समेत थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिद्वारा सञ्चालित यो कलेजलाई नेपाल इन्जिनियरिङ परिषद्ले समेत स्थायी अनुमति प्रदान गरेको छ । कलेजको शैक्षिक स्तर, भौतिक पूर्वाधार, शिक्षक शिक्षिकाहरुको गुणस्तर लगायतको अध्ययन गरेर परिषद्ले स्थायी अनुमति प्रदान गरेको हो ।

नेक सिपिएस अन्तरगत स्नातकोत्तर तहमा कन्ट्रक्सन म्यानेजमेन्ट, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, इन्टर डिस्प्लनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट विषयमा २०२५ का लागि भर्ना खुल्ला रहेको छ ।

डिजिटल नेपाल

ईएमआर निर्देशिका स्वीकृत, स्वास्थ्य संस्थाहरूले अब एक अर्कासँग बिरामीका तथ्यांक शेयर गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१…

द वेस्टमिन्स्टर कलेज: ‘समस्या समाधान’ सिकाइमा जोड

ललितपुरको कुपण्डोलमा रहेको आईटी कलेज हो, द वेस्टमिन्स्ट…

प्रगतिशील शिक्षा निर्माण गर्दै बैतडीको डिलासैनी गाउँपालिका

बैतडीको डिलासैनी गाउँपालिकामा एनसेल फाउन्डेसनको आयोजना र सहयोगमा एडचेन्ज नेपालको कार्यन्वयन तथा डिलासैनी गाउँपालिकाको समन्वयमा प्रगतिशील शिक्षा निर्म…

ब्याचलर अध्ययन गरेका विद्यार्थीलाई सरकारले इन्टर्नसीप दिने, ढाँचा बनाउन कार्यदल गठन

सरकारले आईटीसहित अन्य विषयहरू अध्ययन गरेका ब्याचलरका विद्यार्थीलाई इन्टर्नसीपको अवसर दिने भएको छ । यसका लागि सरकारले प्रक्रिया अ…

त्रिविबाट सञ्चालन हुने परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने

त्रिभुवन विश्वविद्यालयले परीक्षामा विद्यार्थीले एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिविको शिक्षाध्यक्षको कार्यालय…

काठमाडौं विश्वविद्यालयको बीटेक एडटेक शैक्षिक कार्यक्रम रुपन्देहीमा पनि विस्तार

काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्राममा रेडियन्ट कलेज स्थापना भएको छ ।

इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य

इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको छ । शैक्षिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको ह…

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवात, जोखिम र रिकभरी समयलाई कम गर्ने

बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । 

पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज

विगत १ दशकदेखि नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज हो, टेक्सास कलेज । काठमाडौंको सिफल चाबहिलस्थित रहेको क…

एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?

काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्र…

एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…

द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने

डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय र एम्बिशन गुरुबीच सहकार्य

देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई-लर्निङ प्लेटफर्म एम्बिश…

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्…