कीवर्डहरू -

डिजिटल पेमेन्ट

खल्तीको आठौं वार्षिकोत्सव, ८ रूपैयाँमै कफी, स्वास्थ्य बीमादेखि फ्लाइट टिकेटसम्मको अफर

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ८ औँ वर्ष पूरा गरेको छ । २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा ९औं वर्षमा प्रवेश गरेको छ ।  

आठौं वार्षिकोत्सवको अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्काले स्थापनादेखि नै खल्तीले वित्तीय समावेशीकरण उपलब्ध गराउने उद्देश्य लिई आफ्नो कार्य गरी रहिरहेकजो बताए । 

‘आजको दिनमा यी आठ वर्षहरूलाई फर्केर हेर्ने हो भने खल्ती डिजिटल नेपालको यात्रामा एउटा बिर्सनै नहुने अंश बनेको छ । घरै बसी बसी अधिकांश सेवाहरूको भुक्तानी लिन मिल्ने सहज व्यवस्था र आफ्नो इनोभेसनका कारण आज हरेक नेपाली घरमा हामी एक विश्वसनीय ब्रान्डको रूपमा उभिन सफल भएका छौँ,’ उनले अगाडि भने ।  

विभिन्न युवा मैत्री मनोरञ्जन, कन्सर्ट, खेलकुद र रियालिटी सोहरूका लागि लोकप्रिय खल्तीले  ईभेन्ट टिकटिङ , भोटिङ र मुभि टिकटिङ प्लेटफर्मको रूपमा काम गरिरहेको छ । 

यी वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि लिएर विभिन्न ग्याजेट खरिदको लागि ‘खल्ती मल’ र रेस्टुराँदेखि मनोरञ्जनको एक्सक्लुसिभ डिल रहने ‘प्लेसेस बाई खल्ती’सम्म, खल्तीले आफ्नो डिजिटल सेवा विस्तार गरेको छ ।

पछिल्लो समय आफ्नो प्रयोगकर्ताहरू माझ विभिन्न इन्स्योरन्स र लगानी जस्ता वित्तीय सेवाहरू पनि ल्याएको छ । नेपालभर सबै नेपालीहरूका लागि वित्तीय समावेशीकरणको उद्देश्य राखी अगाडि बढिरहेको खल्तीले आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल नेपालको यस यात्रामा सदैव साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि लगातार देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा ‘खल्ती’ एनसीएचएलद्वारा सम्मानित समेत भएको छ । यस बाहेक नासआईटी अवार्डका साथै अन्य थुप्रै सम्मान र अवार्डबाट सम्मनित भएको छ । हालै खल्ती एप गुगल प्ले स्टोरमा ५० लाख पटक डाउनलोड भएको छ । 

नेपाल प्रिमियर लिगको टिकटिङ, बाइक सुरक्षा र कार सुरक्षाको सुरुवात, बिगेस्ट पेमेन्ट जात्राको तेस्रो संस्करणको सफलता, रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिफ डिल रहने प्लेसेस बाई खल्ती र ग्याजेटहरूका लागि खल्ती मलको स्थापना गरेको खल्तीले जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा खल्तीले विभिन्न अफरहरू ल्याएको छ । आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले माघ ७ देखि १८ गतेसम्म हरेक सुविधालाई निश्चित समय अवधि तोकेर ८ रूपैयाँमा कफी, स्वास्थ्य सुरक्षा , टपअप, मुभी अनि फ्लाइट अफर ल्याएको छ । 

पहिलो ८८ हजार ८८८ प्रयोगकर्तासम्मलाई ८ रूपैयाँमै कफी, पहिलो ८ हजार ८८८ प्रयोगकर्तासम्मलाई ८ रूपैयाँमै सुरक्षा मिनी नामक स्वास्थ्य बिमा प्याकेज, ८८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई ८ रूपैयाँमै ५०० सम्मको टपअप, ८८ भाग्यशाली प्रयोगकर्तासम्मलाई ८ रूपैयाँमै मुभी टिकट र ८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई  ८ रूपैयाँमै फ्लाइट टिकट पाउन सकिने छ । 

८ रूपैयाँमै कफी प्राप्त गर्न प्रयोगकर्ताहरूले खल्ती एप भित्र ‘ईन्टरटेनमेन्ट’ सेक्सनमा गई ‘प्लेसेस’ भित्र कफीको अफर छनोट गरी आफूलाई पायक पर्ने ठाउँमा ८ रूपैयाँमै कफी अर्डर गर्न सक्नेछन् भने यस अफर माघ १३ देखि १५ सम्मका लागि मान्य रहने खल्तीले जनाएको छ ।

खल्तीले अन्य अफरको लागि आ-आफ्नो समय अवधि र व्यवस्था छुट्टाएको छ । यसका साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै खल्ती मल अफर तथा उपहार पनि आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्षमा उपलब्ध गराएको छ ।
 
 

डिजिटल पेमेन्ट

डिजिटल नेपालको सपनामा ग्रहणः डिजिटल भुक्तानीमा १३ प्रतिशत भ्याट, नगदको प्रयोग बढ्ने चिन्ता

सरकारले चालु आर्थिक वर्षदेखि डिजिटल भुक्तानीमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर विरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ…

इसेवाले भन्यो: ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित छ, भ्रामक समाचारको विश्वास नगर्नुहोस्

इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरूको विश्वास नगर्न इसेवाले अनुरोध …

नमस्ते पेबाट उडान टिकट खरिदमा क्यासब्याकका साथै हरेक महिना आकर्षक उपहार

नमस्ते पेमार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्य का साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ । यो अफर पौष १ २०८१ देखि…

इसेवा महाउत्सव बम्पर उपहार विजेता घोषणा, रवि बम्जनले जिते नामी कार

इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा…

डिजिटल वालेटले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने, आधिकारिक प्रतिनिधि राख्नुपर्ने

भुक्तानी सेवा प्रदायकहरूले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डिजिटल वालेटले एजेन्टमार्फत कारोबा…

इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिक…

एनसीएचएलको डेपुटी सीईओमा नीरज मान सैंजु नियुक्त

नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डेपुटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभ…

आईपीओ ल्याउने तयारीमा मोरू डिजिटल वालेट

नेपालमा डिजिटल भुक्तानीको ब्रान्ड मोरू डिजिटल वालेटले आफ्नो शेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी थालेको छ। फिनटेक क्षेत्रमा …

आईएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

डिजिटल वालेट आइएमई पेले 'बैंक लिङ्क गरौँ, मोबाईल जितौँ' नामक योजना सार्वजनिक गरेको छ।  

आईएमई पेबाटै आईईएलटीएस परीक्षाको शुल्क तिर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।&…

नेपालपे क्यूआर र अलिपे प्लसबीच क्रस बोर्डर भुक्तानी सम्झौता

नेपालपे क्यूआर र अलिपे प्लस बीच क्रस–बोर्डर भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सिंगापुर फिनटेक फेस्टिभल २०२४ मा नेपाल…

दशैँ र तिहारमा दैनिक ३० पटकसम्म डिजिटल वालेटमा पैसा जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वका लागि डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्…

जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीबाट टिकट काट्न सकिने

खल्तीले ‘जुबिन नौटियाल लाइभ ईन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको छ ।<…

साङ्गीतिक रियालिटी शो सारेगमप लिल च्याम्प्स २ को भोटिङ पार्टनरमा खल्ती

सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर खल्ती बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफू…

नमस्ते पेको अध्यक्षमा रीना डंगोल नियुक्त

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त हुनु भएकी छन् । २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले नमस्ते प…