फिनटेक
ग्लोबल आईएमई बैंक र इन्फोडेभलपर्सबीच सम्झौता
ग्लोबल आईएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ ।
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एन्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाका लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा बृद्धि हुनुको साथै स्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
इन्फोडेभलपर्सका स्ट्राटेजी एन्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले ग्लोबल आईएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताउँदै यस सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्याउने समेत जानकारी दिए ।
‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । इन्फोडेभलपर्सले विकास गरेको यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङ लगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।
यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रूपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको छ । कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत, सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत, चन्द्रराज शर्मा र इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर, सुवास पौडेलको समेत उपस्थिति रहेको थियो ।
फिनटेक
हाम्रो पेका प्रयोगकर्ताले अब स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने
भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्…
डिजिटल नेपालको सपनामा ग्रहणः डिजिटल भुक्तानीमा १३ प्रतिशत भ्याट, नगदको प्रयोग बढ्ने चिन्ता
सरकारले चालु आर्थिक वर्षदेखि डिजिटल भुक्तानीमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर विरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ…
ज्योति विकास बैंक एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित
ज्योति विकास बैंक उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्…
राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा नयाँ रजिष्टर गर्दा स्मार्टफोन जित्ने मौका
आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । यस अन्तर्गत ग्राहक…
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनसीएचएलको डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्ने
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजि…
इसेवाले भन्यो: ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित छ, भ्रामक समाचारको विश्वास नगर्नुहोस्
इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरूको विश्वास नगर्न इसेवाले अनुरोध …
सानिमा बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत अन्तरदेशीय क्युआर भुक्तानी गर्ने सम्झौता
सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौ…
नमस्ते पेबाट उडान टिकट खरिदमा क्यासब्याकका साथै हरेक महिना आकर्षक उपहार
नमस्ते पेमार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्य का साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ । यो अफर पौष १ २०८१ देखि…
इसेवा महाउत्सव बम्पर उपहार विजेता घोषणा, रवि बम्जनले जिते नामी कार
इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा…
भ्वाइससहितको इन्टिग्रेटेड ईआपी कोर बैंकिङ प्रयोग गर्दै किसान साकोस
गैंडाकोट नवलपुरमा अवस्थित किसान बचत तथा ऋण सहकारी संस्थाले सिनर्जी टेक सफ्टवेयरसँगको सहकार्यमा भ्वाईस सोलुसन इन्टिग्रेटेड ईआपी …
महालक्ष्मी विकास बैंकको डिजिटल भुक्तानी केन्द्र उद्घाटन, के के छन् सुविधा ?
महालक्ष्मी विकास बैंकले आज आयोजित एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ । …
डिजिटल वालेटले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने, आधिकारिक प्रतिनिधि राख्नुपर्ने
भुक्तानी सेवा प्रदायकहरूले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डिजिटल वालेटले एजेन्टमार्फत कारोबा…
लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान, महिनाभर डिजिटल भुक्तानीमा छुट सुविधा
डिजिटल बैंकिङ प्रवर्द्वन गर्नका लागि भन्दै लक्ष्मी सनराइज बैंक #DigitalDecember2024 अभियान सुरु गरेको छ ।
इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिक…
एनसीएचएलको डेपुटी सीईओमा नीरज मान सैंजु नियुक्त
नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डेपुटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभ…