Most read
एआई पढ्न चाहने विद्यार्थीलाई ‘आइइएलटिएस’ छात्रवृत्ति दिदै सनवे कलेज, कसरी दिने आवेदन ?
काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ‘आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घोषणा गरेको छ । कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा ४ वर्षे कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्स संचालन गरेको हो ।
आजको युगमा विश्वव्यापीकरण भएको अङ्ग्रेजी भाषामा प्रवीणता देखाउने र आफ्नो शिक्षालाई अगाडि बढाउन खोजिरहेका विद्यार्थीहरूलाई सहयोग तथा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) छात्रवृत्ति घोषणा गरेको कलेजले जनाएको छ । छात्रवृत्तिका माध्यमबाट विद्यार्थीहरूलाई स्वदेशमै आफ्नो डिग्री हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास समेत कलेजले लिएको छ ।
कलेजले छात्रवृत्तिमा छनौट हुन आवेदकहरूले विगत दुई वर्ष भित्र आईईएलटीएस परीक्षा लिई पास गरेको हुनुपर्ने जनाएको छ । यस्तै स्कोरका आधारमा छात्रवृत्ति पाइने भएकाले नतिजाको प्रमाण पनि उपलब्ध गराउनुपर्नेछ ।
सनवे कलजेले ४ वर्षे डिग्री गर्ने क्रममा विद्यार्थीहरूलाई १ वर्ष प्लेसमेन्ट उपल्बध गराउँदै आएको छ । जसमा विद्यार्थीहरुले १ वर्ष प्लेसमेन्ट बापत १२० क्रेडिट प्राप्त गर्दछन । प्लेसमेन्टको लागि कलेजले नेपालमा आईटी र एआईमा काम गर्ने ५० भन्दा बढी कम्पनीहरुसंग सम्झौता गरेको छ ।
विद्यार्थीहरुको दक्षता र विचारहरुलाई इन्क्युबेट गर्ने तथा स्टार्टअप कोष को व्यवस्था पनि उपलब्ध गराएको छ । यसले स्वदेशमा पढ्ने मात्र हैन काम गर्ने अवसर पनि विद्यार्थी माझ पुर्याउने कार्य गर्ने भएको छ ।
यसको लागि कलेज भित्र एआई ल्याब, आईओटी ल्याब, इनोभेसन एण्ड इन्क्युबेशन सेन्टरको पनि उचित व्यवस्था रहेको प्रिन्सिपल खुशल रेग्मीले बताए । कलेजका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको आईईएलटीएस स्कोरमा आधारित हुनेछ ।
आईईएलटीएस ६ स्कोर भएका विद्यार्थीहरूका लागि ३० प्रतिशत स्कलरसीप, आईईएलटीएस ६.५ स्कोर भएका विद्यार्थीहरूका लागि ४० प्रतिशत स्कलरसीप, आईईएलटीएस ७ स्कोरलाई ५० प्रतिशत, आईईएलटीएस ७.५ स्कोर भएकाहरू लागि ६० प्रतिशत, आईईएलटीएस ८ स्कोरलाई ७० प्रतिशत, आईईएलटीएस ८.५ स्कोर भएका विद्यार्थीका लागि ८० प्रतिशत र आईईएलटीएस ९ भएका विद्यार्थीहरूका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति कलेजको ट्युसन शुल्कमा लागु हुने कलेजले जनाएको छ ।
योग्यता आवश्यकता र आवेदन प्रक्रियासहित यो छात्रवृतिबारे थप जानकारी कलेजको वेबसाइटमा राखिएको जनाएको छ । छात्रवृत्तिमा आवेदन दिने अन्तिम मिती २०२५ मार्च ७ सम्म रहेको छ ।एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्तिमा आवेदन दिनका लागि यो लिंकमा किलिक गर्न सक्ने छन् ।
Most read
एलन मस्कद्वारा ग्रोक ३ सार्वजनिक: आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ युगको सुरुवात
एक्स र स्पेसएक्स जस्ता कम्पनीका मालिक एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा हलचल मच्चाएका छन् । मस्कले पृथ्वीको सबैभन्दा स्म…
मेटाले समुद्रमुनि ५० हजार किलोमिटरभन्दा लामो फाइबर केबल बिछ्याउँदै, पाँच महादेशलाई जोड्ने
मेटाले ‘प्रोजेक्ट वाटरवर्थ’ नामक ५० हजार किलोमिटरभन्दा लामो समुद्री केबल निर्माण गर्न लागेको पुष्टि लागेको छ । यसले…
नेसनल आईसीटी स्कलरसीपको आवेदन खुला, आईटी पढ्न चाहनेलाई २ करोड बढीको छात्रवृत्ति
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी…
एनसेलले ल्यायो अनलिमिटेड डेटा अफर, ९० रूपैयाँमा दुई दिनसम्म अनलिमिटेड डेटा
एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई ड…
‘एआई प्रविधि आयात मात्रै गर्नुपर्ने अवस्था आयो भने अत्यन्तै ठूलो समस्या हुन्छ’
कुन आधारभूत सिद्धान्तमा टेकेर एआई नीति बनाउने भन्ने कुरा मुख्य हो । मेरो एउटा निश्चित धारणा छ त्यो कुरा एआई नीतिको मस्यौदामा अ…
ईएमआई र इन्स्योरेन्स अफरसहित सामसङ ग्यालेक्सी एस २५ सिरिज अब नेपालमा उपलब्ध
ग्यालेक्सी एस२५ सिरिज शुक्रबारदेखि सबै सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध भएका छन् ।
ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्…
डीपफेक भिडियो पहिचान गर्न यी उपाय अपनाउनुहोस्
आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले डिपफेक भिडियो बनाउन निकै सजिलो भएको छ ।
अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने, पूराना पनि डिलिट हुँदै
अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने भएका छन् । मंगलबार फेसबुकले फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभ…
नो अब्जेक्सन लिएर मात्रै विदेशी दूरसञ्चार सेवा प्रदायकको सिम र रिचार्ज बिक्री गर्नु: प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले नो अब्जेक्सन लिएर मात्रै विदेश यात्रा गर्ने व्यक्तिहरूलाई सिमकार्ड र रिचार्ज कार्ड बिक्री गर्न अनुरोध गरे…
प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष स…
भैरव टेक्नोलोजीले सार्वजनिक गर्यो ट्राइडेन्ट जीआरसी प्लेटफर्म
भैरव टेक्नोलोजीले ट्राइडेन्ट जीआरसी प्लेटफर्म सार्वजनिक गरेको छ ।
छैठौं वार्षिकोत्सवको अवस…
पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?
डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्हो हुन्छ ।
हाम्रो पात्रोको मेगा रिलिज: अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक
नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ युआई र सुविधाहरूसहितको मेगा रिलिज लिएर आएको छ। &…
साओमी १४ टी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर
साओमीले आफ्नो नयाँ स्मार्टफोन साओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुन…
यूट्युब शर्ट्समा वेओ २ एआई, टेक्स्टबाटै भिडियो निर्माण गर्न सकिने
यूट्युब शर्ट्सले अब वेओ २ एआई मोडेलको समर्थन गर्ने भएको छ । यो सुविधा केही दिनअघि मात्र सार्वजनिक गरिएको हो ।