आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । नेपालमा पनि सन् २०१९ देखि निमा एकेडेमीले डिजिटल लर्निङ डे मनाउँदै आएको छ ।
सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी२०१२ देखि डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको थियो ।
शिक्षालाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई शेयर गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउने प्रयास स्वरूप डजिटल लर्निङ डे मनाइन्छ ।
डिजिटल शिक्षालाई प्रवद्धन गर्ने सन्दर्भमा ‘डिजिटल लर्निङ डे’ को सान्दर्भिकता र महत्व अझै बढेर गएको छ ।
डिजिटल लर्निङको कुरा गरिरहँदा पनि पटकपटक नारामै सिमित हुँदै आएको छ,डिजिटल नेपाल ।
डिजिटल नेपालका लागि प्रयासहरू पनि जति हुनुपर्ने हो त्यति भएको छैन् । डिजिटल नेपालका लागि सबैभन्दा पहिला नेपालले पूर्वाधार विस्तारलाई तीव्रता दिनुपर्नेमा सरोकारवालाको जोड छ ।
इन्टरनेटको व्यापकता र व्यवस्थित प्रयोगले मात्रै स्वास्थ्य, शिक्षा, कृषिमा हुने आधुनिक प्रविधिलाई सस्तो बनाउँ सकिन्छ । डिजिटल लर्निङकालागि स्वभावैले डिजिटल कनेक्टिभिटी आवश्यक पर्छ ।
यसका लागि हरेक नागरिकलाई मौलिक अधिकारको रुपमा इन्टरनेट पहुँच पुर्याउने, अपरेटरहरुको सेवा क्षेत्र विस्तार र गुणस्तरका लागि सहज स्पेक्ट्रम उपलब्ध गराउने, फाइबर नेटवर्क विस्तार गर्नुपर्ने देखिन्छ ।
विश्वभर निजी क्षेत्रका उद्योगहरू विश्वबजारमा थप प्रतिस्पर्धात्मक रहिरहन डिजिटल रुपान्तरणको नीति अवलम्बन गरिरहेका छन् भने सरकारी निकायहरु पनि वस्तु तथा सेवाको चुस्त वितरणका लागि नवीनतम प्रविधिहरु उपयोगमा ल्याइरहेका छन् ।
सरकारी सेवा प्रवाहलाई कम झन्झटिलो बनाउनुको साथै समाजका हरेक वर्गमा पहुँच विस्तार गर्न प्रविधिको प्रयोग अपरिहार्यताभइसकेको छ । डिजिटल लर्निङ डेको अवसरमा आज हामी यसका केही रोचक तथ्यको बारेमा जानकारी दिदैछौं ।
डिजिटल लर्निङ सम्बन्धि १२ रोचक तथ्य
१. मोवाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टीभिटी बढेको एक अध्ययनले देखाएको छ ।
२. अमेरिकाको न्यासनल सेन्टर फोर एजुकेशन स्टाटिस्टिक्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार अमेरिकामा रहेको १९.९ मिलियन कलेज र विश्वविद्यालय मध्य ६.९ मिलियनले सन् २०१९ देखि डिजिटल लर्निङ्ग गराईरहेका छन् ।
३. विश्वव्यापी डिजिटल लर्निङ्ग मार्केट सन् २०२५ सम्ममा ३२५ बिलियन डलर मूल्यको हुनेछ ।
४. डिजिटल लर्निङ्गले गर्दा अमेरिकी संस्थाहरमा कमाई ४२ प्रतिशतले वृति भएको छ ।
५. सन् २०१९ मा ६७ प्रतिशत अमेरिकी कम्पनीहरुले शिक्षाको अवसर स्मार्टफोन मार्फत प्रदान गरेका थिए ।
६. भर्चुअल ट्रेनिङ कोर्स गर्दा क्लासरुममा भन्दा ४० देखि ६० प्रतिशत कम समय लाग्छ । अनलाइन कोर्स गर्दा विद्यार्थीले धेरै कन्सेप्ट र आइडियाहरु समेत जानिरहेका हुन्छन ।
७. आइबिएमले आफ्ना कर्मचारीको लागि भर्चुअल ट्रेनिङ कार्यक्रमले २०० मिलियन डलर रुपैया जोगाएको छ । यसको मतलब थोरै रकममा अनलाइन ट्रेनिङ गराउन सकिन्छ ।
८. ई-लर्निङ प्रोडक्टहरुले १८ प्रतिशतले कर्मचारीको इन्गेजमेन्टलाइ बढाएको तथ्यांक छ ।
९. उत्तर अमेरिकाले विश्वभरमा भएको इलर्निङको ५३ प्रतिशत सेयर होल्ड गर्दछ । अमेरिका इलर्निङ बजारको लागि ठुलो खेलाडी हो ।
१०. ७० प्रतिशत प्रोफेसनलहरुले व्यपारको लागि आफ्नो व्यत्तिगत डिभाइसहरु प्रयोग गर्दछन । जसले गर्दा कार्यालय वाहिर पनि इ लर्निङको प्लाटफर्म प्रयोग गर्न सहज हुने गरेको छ ।
११. सन् २०२० को तथ्यांकमा प्रोफेसनलहरुले आफ्ना ३ देखि ४ वटा मोवाइल डिभाइसहरु प्रयोग गरिरहेका हुन्छन ।
१२. इलर्निङ कोर्सहरुले ९० प्रतिशत इनर्जि कम खपत गरिरहेका हुन्छन । यो इको फ्रेन्ड्ली पनि हुन्छ ।