कीवर्डहरू -

बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने

बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने

बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने बताएका हुन् ।

प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरू गरिने उनले बताए ।

त्यस्तै युवाहरूलाई वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा प्रोत्साहन गर्न इन्नोभेसन सेन्टर स्थापना गरिने तथा सम्भाव्यताको आधारमा ज्ञान ग्रामको स्थापना हुनेछ ।