कीवर्डहरू -

सांघाई पुलिसको डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरी 

सांघाई पुलिसको डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरी 

ह्याकरहरुले सांघाईको पुलिस डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरेको दावी गरेका छन् । ब्लुमबर्गको अनुसार ह्याकरहरुले चोरेको २३ टेराबाईट डेटालाई १० ओटा बिटक्वाइनमा ब्रिकी गर्न खोजिरहेका छन् ।

यो समाचार लेख्दा १० ओटा बिटक्वाइनको मूल्य १ लाख ९८ हजार डलर रहेको छ । चोरिएको २३ टेराबाईट डेटामा नाम, ठेगाना, जन्मस्थान, राष्ट्रिय आईडी र फोन नम्बर रहेको छ । ह्याकरसँग एकदमै पुरानो डेटा पनि छ ।

यो कुरा ह्याकरहरले सेयर गरेको स्याम्पलमा देखिएको थियो, जसमा सन् १९९५ मा घटित अपराधको कुरा रहेको थियो । त्यो डेटा सही भएको जानकारी आएको छ ।

अलिबाबाको क्लाउड कम्प्युटिङ कम्पनी अलियुनमार्फत यो ह्याक सञ्चालन भएको पत्ता लागेको छ । यो चिनियाँ इतिहासमै सबैभन्दा ठूलो डेटा ब्रिच भएको विज्ञहरुको भनाई छ ।