सामसंगको रिपेयर मोडले फोन मर्मत गर्न दिदा डेटा सुरक्षित गर्न दिने भएको छ । यस मोडले गर्दा मर्मत केन्द्रमा फोनलाई छोड्दा डेटा लुकाउन सकिने भएको छ ।
ह्याकरहरुले फोन निर्माण गर्न दिदा धेरै डेटा विक्री गरिरहेका हुन्छन्, जसले गर्दा आफ्नो डिभाइस निर्माणका लागि दिदा पनि प्रयोगकर्तालाई ढुक्क महसुस हुँदैन् । यस मोडलाई सेटिंगको ब्याट्री एण्ड डिभाइस केयर अन्तर्गत पाउन सकिन्छ ।
यो फिचरलाई एक्टिभेट गरेमा यसले प्रयोगकर्ताको निजी जानकारी, फोटो, मेसेज र अरु लिंक्ड अकाउन्ट लुकाउन दिन्छ । डिभाइसमा पहिलेनै इन्स्टल गरिएको एपहरु मात्रै मर्मत गर्ने व्यक्तिले हेर्न पाउनेछन् ।
तपाईले आफ्नो डेटा पुनः पाउनका निम्ति रिपेयर मोडलाई डिसेबल गर्नुपर्ने हुन्छ, जसमा आफ्नो पहिचान खुलाउनका निम्ति फिंगरप्रिन्ट वा लक प्याटर्न प्रयोग गर्नुपर्ने हुन्छ ।
अहिलेका लागि यो फिचर कोरियामा रहेको सामसंगको ग्यालेक्सी एस २१ सिरिजमा मात्रै उपलब्ध रहेको छ तर आगामी दिनमा कम्पनीले अरु देश र अरु मोडेलहरुमा पनि यो फिचर सार्वजनिक गर्नेछ ।