कीवर्डहरू -

सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे हुँदै

सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे हुँदै

सोमबार धनगढीमा डिजिटल संवाद ४.० आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा वैशाख २५ गते सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे हुने भएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मन्त्री, उच्च सरकारी अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति हुनेछ ।

डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत हुनुका साथै प्यान डिसकसन सेसन समेत हुने जनाइएको छ । यसअघि कोशी, मधेस र बागमती प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ । सुदूरपश्चिम पछि बाँकी प्रदेशमा समेत डिजिटल संवाद आयोजना हुनेछ ।

सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।

त्यसपछि असार ८ र ९ गते काठमाडौंमा ग्राण्ड कार्यक्रम ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।

संवादमा निःशुल्क सहभागी हुन सकिने छ । यदी तपाई पनि सहभागी हुन चाहनुहुन्छ भने www.digitalsamvad.org मा गएर आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।