कीवर्डहरू -

बैंक तथा वालेटको कर्मचारी भन्दै ओटीपी मागेमा नदिन राष्ट्र बैंकको आग्रह 

बैंक तथा वालेटको कर्मचारी भन्दै ओटीपी मागेमा नदिन राष्ट्र बैंकको आग्रह 

नेपाल राष्ट्र बैंकले बैंक तथा वालेटको कर्मचारी भन्दै केवाईसी अपडेट गर्न ओटीपी मागे नदिन आग्रह गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले केही समयदेखि ओटीपी मागेमा नदिन आग्रह गरेको हो ।

विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाइसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट One Time Password (OTP) / निश्चित अंकको नम्बर नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरिएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ / कनेक्ट आईपिएस वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको Password Reset गरी ग्राहकको खातामा आफ्नो पहुँच पुयाई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको बताए ।

अपरिचित व्यक्तिले ओटीपी कोड माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगराउन राष्ट्र बैंकको अनुरोध छ । कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टल (Financial Consumer Protection Portal) मा दर्ता गराउनुहुन वा यस बैंकको ईमेल ठेगाना [email protected] मा दिन सकिने पौडेलले जानकारी दिए ।

भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुले यस्ता अवाञ्छित गतिविधिहरुलाई सुक्ष्म रुपमा निगरानी गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।