कीवर्डहरू -

नेपालमा अवसर देखेरै लिडस्क्वार्ड आएको होः श्रीधर सम्पत (अन्तर्वार्ता)

नेपालमा अवसर देखेरै लिडस्क्वार्ड आएको होः श्रीधर सम्पत (अन्तर्वार्ता)

लिडस्क्वार्ड एक सास प्रडक्ट हो । सन् २०२३ देखि लिड स्क्वार्डले मेन्टर ल्याबसँग सहकार्य गरेर नेपालमा पनि काम गर्न थालेको छ । यही क्रममा लिडस्क्वार्ड आखिर कस्तो कम्पनी हो, यसले नेपाली कम्पनीहरुलाई कसरी सहयोग गरिरहेको छ र यसका आगामी योजनाहरु  के कस्ता छन् भन्ने विषयमा लिकडस्क्वार्डका साझेदारी तथा व्यवसाय विकास उपाध्यक्ष श्रीधर सम्पत सँग आइसिटी समाचारका लागि स्नेहा झा ले गरेको कुराकानी :

लिडस्क्वार्ड के हो ? यसले कसरी काम गर्छ ?

लिडस्क्वार्ड एक सफ्टवेयर एज अ सर्भिस (सास) प्रडक्ट हो । यसले व्यवसायहरुलाई थप रुपमा एण्ड टू एण्ड सेल्स, मार्केटिङ र अनबोर्डिङका लागि स्वचालित समाधानहरू प्रदान गर्दछ ।

कम्पनीले धेरै बिक्री च्यानल र टोली भएको कम्पनीहरुका लागि बिक्री च्यानललाई थप प्रभावकारी बनाउनका लागि काम गरिरहेको छ ।

उद्योग-केन्द्रित समाधानहरूको लागि परिचित लिडस्वार्डले एडटेक, शिक्षा, स्वास्थ्य सेवा, बिएफएसआइ, घर जग्गा, अटोमोटिभ, र पर्यटकीय उद्योगहरूमा काम गर्ने गर्दछ । न्यू जर्सी, फिलिपिन्स, दक्षिण अफ्रिका, अष्ट्रेलिया र इन्डोनेसियामा स्थानीय उपस्थितिको साथ कम्पनीको मुख्यालय बेंगलुरुमा छ ।

हामीले आफ्नो कम्पनीलाई सेल्स सिआरएमको रुपमा चिनाउने गर्दछौँ । १२ वर्षदेखि विभिन्न क्षेत्रमा लिडस्वार्डले विभिन्न व्यवसायिक समस्याहरूलाई समाधान गरिरहेको छ ।

विगत तीन वर्ष देखि कम्पनीले विभिन्न स्रोतको माध्यमबाट फण्डिङ पाएका कारण विश्वव्यापी तहमा पनि हामीले राम्रोसँग काम गर्न सकिरहेका छौं । हाम्रो कम्पनीको मूल कार्य बिक्री योजनाहरुलाई थप प्रभावकारी बनाउने रहेको छ ।

लिडस्क्वार्डले ४० देशमा २ हजार बढी उद्यमहरूलाई उनीहरूको बिक्री दक्षता बढाउन मद्दत गरिरहेको छ । कम्पनीले विश्वव्यापी क्षेत्रमा कसरी काम गरिरहेको छ ?

हरेक व्यवसायले आफूलाई सफल बनाउनका लागि धेरै प्रकारको आउटरिच कार्यक्रमहरु सञ्चालन गर्ने गर्दछन् । केहीले अनलाइन, अफलाइन माध्यम वा विभिन्न कार्यक्रमहरुबाट आफ्नो व्यवसायलाई जनमानसमाझ पुर्याउन र बिक्री बढाउन काम गरिरहेका हुन्छन् ।

माध्यम सही भए पनि धेरै कम्पनीहरुले उचित रूपमा उक्त प्रक्रियालाई व्यवस्थित गर्न सकिरहेका हुँदैनन । धेरै जस्तो हाई भेलोसिटी बिटूबी र बिटूसीमा यस्तो किसिमको समस्या भइरहेको छ । अब जब तपाईं धेरै लीडहरू ल्याउँदै हुनुहुन्छ भने तिनीहरूलाई व्यवस्थापन गर्न र अन्तर्क्रियाका लागि प्रभावकारी तरिकामा लैजानुपर्छ ।

लीडस्क्वार्डले तपाईंलाई आफ्नो विभिन्न मार्केटिङ संलग्नताहरू र बिक्री संलग्नताहरूमार्फत उत्पादत्कत्व वृद्धिलाई ध्यान दिने गर्दछ ।

तिनीहरूको लेनदेन कार्यान्वयन गर्दै र उनीहरूलाई ग्राहकमा रूपान्तरण गरिसकेपछि तपाईंले अझै पनि आफ्नो सम्बन्ध लामोसमयसम्म राख्नका लागि विभिन्न नीतिहरु अपनाउनुपर्छ । यहाँ लिडस्कवार्डले मुख्य भूमिका निर्वाह गर्ने गर्दछ ।

संगठनको लागि ग्राहक अनुभव तल्लो भागमा भन्दा पनि च्यानलको माथिल्लो भागमा रहन्छ भन्ने कुरा सुनिश्चित गर्दै मूल रूपमा लिडस्क्वार्डले काम गर्ने गर्दछ । हामीसँग भारतमा करिब ७० बेस कम्पनी छन् किनभने हामी भारतबाट सुरु भएको कम्पनी हौँ ।

विश्वव्यापी बजारबाट विभिन्न कोष र रकमहरू पाउनु अघि हामीले भारतको बजारमा ध्यान केन्द्रित गरेका थियौं तर पछिल्ला तीन वर्षमा हामीले विश्वव्यापी रूपमा विस्तार गरेका छौं । हामीसँग अब अफ्रिकामा, मध्य पूर्वमा,  दक्षिणपूर्वी एशियामा उपस्थिति जनाएका छौं । अरू पनि देशमा विस्तारका लागि काम गरिरहेका छौँ ।

लिडस्क्वार्डले कुन कुन व्यवसायिक क्षेत्रहरूलाई मद्दत गर्छ ?

लिडस्क्वार्डमार्फत सन् २०१४ देखि २०१५ मा शैक्षिक क्षेत्रमा सेवा गर्न थालेका थियौं । बाइजुससँग त्यही वर्ष सहकार्य गरेका थियौँ, जुन त्यो समयमा एउटा स्टार्टअप कम्पनी मात्रै थियो । करिब दुई-तीन सय बिक्रेता भएको कम्पनी आज संसारको सबैभन्दा ठूलो एडटेक कम्पनी बन्न पुगेको छ । तर बाइजुको सफलता हाम्रो कम्पनीका लागि पनि सकारात्मक पक्ष बन्न पुगेको थियो ।

त्यसैले बाइजुजको वृद्धिसँगै लिडस्क्वार्डको उत्पादन पनि पछिल्लो सात आठ वर्षमा क्रमबद्ध रूपमा बढेको छ । पहिलो खण्डमा लिड स्क्वार्डले काम गर्ने क्षेत्र शिक्षा नै थियो । शिक्षा भित्र हामीले प्राविधिक ठाउँका काम गर्न थाल्यौँ । शिक्षामा समाधान गर्ने समस्या कथन दुई फरक प्रकारका छन् ।

एउटा प्रारम्भिक शिक्षा संस्थानहरू जस्तै कलेज र विश्वविद्यालयहरूका लागि थियो, जुन विद्यार्थी भर्ना साइकलको लागि विद्यार्थीले क्लिक गरेको समयदेखि आवेदन भर्नाको लागि प्रयोगकर्ताले आफ्नो वेबसाइटमा जोड्न सक्छन् । लिडस्कवार्डले गर्दा अनलाइनबाटै आवेदन भर्ने, आवेदन शुल्क तिर्ने, अन्तर्वार्ता दिने, समूह छलफल गर्ने, परीक्षाको परिणाको मूल्याङ्कन स्कोर सार्वजनिक गर्ने जस्ता सम्पूर्ण कार्यहरु गर्न सकिन्थ्यो ।

शैक्षिक संस्थामा भर्ना हुनु अघि विद्यार्थीले पार गर्नुपर्ने सम्पूर्ण प्रक्रियालाई लिडस्क्वार्डमा व्यवस्थित गरिन्छ र एकपटक विद्यार्थी वास्तवमा भर्ना भइसकेपछि हामी कागजातहरू डिजिटल रूपमा विद्यार्थीलाई हस्तान्तरण गर्छौ । सन् २०१७ को आसपास लिडस्क्वार्डले अटोमसेन राईट्स भन्ने प्रणाली सार्वजनिक गरेको थियो ।

यो बिना कोड स्वचालित प्लेटफर्म थियो, जुन हामीले लीडस्क्वार्ड बाटै सुरु भएको थियो । यसको प्रयोग गरेर संगठनहरूले कोडको एक लाइनलाई पनि प्रयोग नगरी सिस्टमर निर्माण गर्न सक्ने थाले । यसले संगठनहरूलाई नेतृत्व वर्ग वा कुनै अन्य सेवा संगठनमा निर्भरता बिना आफै प्राविधिक रुपमा सक्षम हुनका लागि मद्दत गर्यो ।

ठूलो सीआरएमएस कम्पनीको मुख्य आवश्यकताहरू मध्ये एउटा भनेको प्राविधिक रूपमा सक्षम व्यक्ति वा विकासकर्ता वा सफ्टवेयर प्रोग्रामर हुनुपर्दछ, जसले तपाइँलाई सिस्टमहरु परिवर्तन गर्न र प्लेटफर्म निर्माण गर्न मद्दत गर्न सक्छन् । तर लिडस्क्वार्डको मद्दतले कम्पनीहरुले आत्मनिर्भर रुपमै सो कार्यहरु गर्न थाले । यसले धेरै प्रकारको व्यवसायहरुलाई सहयोग पनि पुर्‍याएको थियो ।

लिडस्क्वार्डले कम्पनीहरुलाई एउटा प्लेटफर्म दिन थाल्यो, जहाँ प्रयोगकर्ताहरुले आफ्नै प्रक्रिया डिजाइन गर्न सक्थे । यसैगरी लिडस्क्वार्डको तेस्रो चरणको कुरा गर्दा हामीले २०१८-१९ मा बिएफएसआइ क्षेत्रका लागि काम गर्न थाल्यौँ । बिएफएसआइ वित्तीय सेवा क्षेत्र हो ।

२०१९ देखि अहिले सम्म हामीले बिएफएसआइमा २५० भन्दा बढी ग्राहकहरू थपेका छौं । अहिले हामी विश्वव्यापी क्षेत्रमा आफूलाई चिनाउनका लागि काम गरिरहेका छौँ ।

लिडस्क्वार्डले सन् २०२३ देखि नेपालमा पनि काम गर्न थालेको छ । नेपालमा सेवा विस्तार गर्नुको उद्देश्य के हो ?

नेपालमा हामीले देखेको अवसरको बारेमा कुरा गर्छु । नेपालको अर्थतन्त्र बढ्दै छ । सामान्यतया हामीले सेवा गर्ने सेवाहरू र क्षेत्रहरू जस्तै शिक्षा, वित्तीय सेवा, स्वास्थ्य सेवा र अटोमेसन सेवा नेपालका व्यवसायमा पनि आवश्यक छन् । यी क्षेत्रहरु परिवर्तनको बिन्दुमा रहेका कारण लिडस्क्वार्डले नेपालमा राम्रो काम तथा सेवा प्रदान गर्न सक्छ भन्ने हाम्रो विश्वास छ । हामीले नेपालमा काम गर्नका लागि मेन्टर ल्याबसँग सहकार्य गरेका छौँ ।

मेन्टरल्याब यस क्षेत्रमा हाम्रो आउटरिच टिम हो । यस सहकार्यका कारण नेपालमा सञ्चालित केही विशिष्ट उद्योग खण्डहरूमा लिडस्क्वार्डले महत्त्वपूर्ण एक्सपोजर प्राप्त गरेको छ । मेन्टर ल्याब पहिले देखिनै हाम्रा सबैभन्दा ठूला ग्राहकहरू मध्ये एक कम्पनी अपग्राडको लागि च्यानल साझेदार समेत हो । मेन्टर ल्याबले नेपालका अन्य संस्थाहरूमा लैजाने प्रस्ताव गरेको थियो । त्यसपछि मेन्टरल्याबसँग साझेदारी सुरू भएको हो ।

नेपालमा शिक्षा, अटोमोटिभ र वित्तीय सेवाहरूसँग कुराकानी गरिरहेका छौं । हामी चाँडै स्वास्थ्य क्षेत्रमा पनि आफ्नो सेवालाई सुचारू गर्नेछौं । लिडस्क्वार्डले नेपालमा सास प्लेटफर्म वा उत्पादन प्लेटफर्मको आवश्यकता देखेको छ, जसले नेपालमा संस्थाहरूको बिक्री पहुँच र बिक्री दक्षतामा सुधार गर्न सक्नेछ ।

यहीसँगै नेपालमा विभिन्न उद्योगहरूको डिजिटलाइजेसन चलिरहेको छ । नेपालमा धेरै संस्थाहरू डिजिटलाइजेसनको प्रक्रियामा हाम्रो पनि सहयोग लिदै आएका छन् । हामीले ती कम्पनीहरुको बिक्री योजनाहरुलाई थप प्रभावकारी बनाउन काम गरिरहेका छौँ ।

मेन्टर ल्याबसँगको सहकार्यसँगै कम्पनीले आफ्नै कार्यालय नेपालमा पनि खोल्ने केही योजना बनाएका छ ?

तत्कालै नेपालमा कार्यालय खोल्ने सोचेका छैनौं । तर लामो अवधिमा पक्कै पनि खोल्ने योजना छ । अहिलेका लागि हामीले हाम्रो व्यापारको पाइला निर्माण गर्दैछौं । धेरै ग्राहकहरू जोडिदै गए भने नेपालमा कार्यालय खोल्न सक्छौं ।