नेपालले आगामी १५ वर्षभित्र विश्वव्यापी साइबर सुरक्षा सूचांक स्कोर ८० प्रतिशत पुर्याउने भएको छ ।
राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मा आगामी १५ वर्षभित्र विश्वव्यापी साइबर सुरक्षा सूचांक स्कोर ४४.९९ प्रतिशतबाट ८० प्रतिशत लक्ष्य राखिएको छ ।
आगामी ५ वर्षभित्र ६० प्रतिशत र दशवर्षभित्र ७० प्रतिशत र १५ वर्षभित्र ८० प्रतिशत पुर्याइने नीतिमा उल्लेख छ ।