कीवर्डहरू -

२ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

२ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले गलकोट लिंक प्रालि र सुर्खेत केबल नेट टिभी प्रालिको लाइसेन्स खारेज गरेको हो । 

इमेलसहित इन्टरनेट सेवा सेवाको अनुमतिप्राप्त गलकोट लिंक र सुर्खेत केबल नेट टिभीले नवीकरणका लागि निवेदन पेश नगरेकाले लाइसेन्स स्वतः खारेज भएको छ । 

साथै नियमानुसार तिर्नु वा बुझाउनुपर्ने रकमका सम्बन्धमा ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्म समेत आग्रह गरिएको छ । अन्यथा कारबाही गरिने चेतावनी प्राधिकरणले दिएको छ ।