कीवर्डहरू -

तपाईको कामलाई सहज बनाउने ५ एआई टुल

तपाईको कामलाई सहज बनाउने ५ एआई टुल

पछिल्लो समय प्राय धेरै काममा एआईको उपयोग हुन थालिसकेको छ । विद्यार्थीदेखि प्रोफेसनलसम्मले आफ्नो कामलाई सहज बनाउन एआईको प्रयोग गर्छन् । 

एआईको चर्चासँगै बजारमा धेरै एआई टुलहरू उपलब्ध भएका छन् । च्याटजीपीटी सार्वजनिक भएपछि यो झन अझै बढेको छ । 

आज हामी तपाईलाई ५ एआई टुल्सको बारेमा जानकारी दिदैछौं, जसले तपाईको कामलाई सजिलो बनाउन सक्छन् । 

सबैभन्दा राम्रो कुरा यी टुल निःशुल्क पनि प्रयोग गर्न सकिन्छ । यदी तपाईलाई अझै धेरै फिचर आवश्यक परेमा शुल्क तिरेर समेत यी टुल प्रयोग गर्न सकिन्छ । 

 

कोपाइलट

कोपाइलट पनि च्याटजीपीटी जस्तै हो । इन्टरनेटमा भएका विभिन्न वेबसाइट तथा डकुमेन्टको आधारमा जानकारीहरू संकलन गरेर सारांशमा प्रश्नको जवाफ दिन कोपाइलटले सक्छ । यसले सबै प्रकारका कामहरू (ब्लग लेख्न, इमेल लेखिदिन, कुनै कम्पनीका लागि चाहिने अवश्यक नीति बनाउने, समाचार लेख्न) गर्न सक्छ । 

आफूलाई आवश्यक परेको जवाफ प्रम्प्ट दिएर लिन सकिन्छ । कोपाइलटमा  टगल अन गरेर जीपीटी ४.० समेत निःशुल्क चलाउन पाइन्छ, जसका लागि सामान्यतयाः जीपीटी ४ चलाउन शुल्क तिर्नुपर्ने हुन्छ । कोपाइलटबाट प्रम्प्ट दिएर आफुले चाहे अनुसारको फोटो समेत जेनेरेट गर्न सकिन्छ ।  यो मोबाइल एपमा समेत प्रयोग गर्न सकिन्छ ।

ग्रामली 

ग्रामली यो पनि एक प्रकारको लोकप्रिय एआई प्रविधि हो । ग्रामर्लीले लेखाईको टोन हेर्छ भने जटिल वाक्यांशहरूलाई सरल बनाउँछ । लेख्नको लागि यसले सहज बनाउँछ । यहाँबाट पनि ब्लग लेख्न, प्रोजेक्ट प्रोगाम बनाउँन अर्थात् अन्य धेरै कुरा सोध्न सकिन्छ । यसले कुनै भाषागत त्रुटी भए सच्याउन समेत सुझाव दिन्छ ।  

ड्याल–ई २

शब्दकै भरमा चित्र तयार पारिदिने एआई हो, ड्याल ओपनएआईको जेनेरेटिभ एआई ड्याल–ई २ । ड्याल–ई २ ले अन्य टुलले गर्न नसक्ने ‘फोटो रियालिस्टिक, क्रियटिभ र आर्टिस्टिक’ काम ड्याल–ई २ ले गर्न सक्छ ।

साथै ती चित्रहरूमा मिति र समयसहितको डिजिटल वाटरमार्क हुने र त्यसको आधारमा चित्र एआईले बनाएको थाहा पाउन सकिने छ । यो एक जेनेरेटिभ एआई प्रविधि हो, जसले प्रयोगकर्ताहरूलाई टेक्स्ट टु ग्राफिक्स प्रम्प्टसहित नयाँ कुरा सिर्जना गर्न सक्छन् । 

च्याट पीडीएफ 

च्याटपीडीएफ एउटा निःशुल्क चलाउन सकिने एआई टुल हो । यसले कोही पीडीएफ पढ्ने कार्यमा सहयोग गर्न सक्छ । यसमा जो कोहीले पिडिएफ फाइल अपलोड गरेर, प्रश्नको उत्तर थाहा पाउन सक्छन् । विद्यार्थी वा पाठकहरुका लागि यो उपकरणलाई साइन–अप गरिराख्नु पर्दैन । यसमा दैनिक ३ वटा सम्मको पिडिएफ निःशुल्क अपलोड गर्न सकिन्छ । 

टास्केड 

टास्केड एउटा बहुमुखी एआई टुल हो । यसबाट नोट लिन, टास्क व्यवस्थापन गर्न र सेड्युल गर्न सकिन्छ । यस बाहेक आफ्ना महत्त्वपूर्ण कागजातहरु सम्पादन गर्न, सामग्री स्पन गर्न र टास्कलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ । 

यो व्यक्तिगत रूपमा निःशुल्क प्रयोग सकिन्छ, जसमा सिमित सुविधा रहेका छन् । व्यवसायीक प्रायोजनका लागि भने शुल्क तिर्नुपर्छ । जीपीटी ४ बाट सञ्चालित टास्केड नोसनको विकल्प हो ।