कीवर्डहरू -

लुम्बिनी प्रदेशले प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गर्ने

लुम्बिनी प्रदेशले प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गर्ने

लुम्बिनी प्रदेशले प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गर्ने भएको छ । मंगलबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गरिने उल्लेख गरिएको छ ।

‘प्रदेश प्रहरीको क्षमता अभिवृद्धिका साथै प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गरिनेछ । अपराध अनुसन्धानमा वैज्ञानिक उपकरणको प्रयोग गरी प्रविधियुक्त अनुसन्धान प्रणालीको माध्यमद्वारा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाइनेछ। शान्ति सुव्यवस्थाका लागि नागरिक प्रहरी सहकार्यमा जोड दिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापनका लागि संवेदनशिल सडक क्षेत्रमा सिसीटिभी जडान कार्यलाई निरन्तरता दिने जनाइएको छ ।