कीवर्डहरू -

टोखा नगरपालिकामा ६ दिने रोबोटिक्स बुटक्याम्प सम्पन्न

टोखा नगरपालिकामा ६ दिने रोबोटिक्स बुटक्याम्प सम्पन्न

टोखा नगरपालिका, स्किल्सअप ग्लोबल र ब्रेनडिजिटको सहकार्यमा यही असार ९ गते टोखाको टिलिङ्गटार माध्यमिक विद्यालयमा ६ दिने रोबोटिक्स बुटक्याम्प सम्पन्न भएको छ ।

५ दिनसम्म आयोजना भएको बुटक्याम्पपछि छैटौँ दिनमा प्रदर्शनी आयोजना गरिएको थियो । विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्रविधि र नवप्रवर्तनप्रति रुची जगाउने उद्देश्यसहित बुटक्याम्प आयोजना गरिएको थियो । 

स्किल्सअप ग्लोबलका प्रशिक्षक दीपक भट्टराई र कृष्ण चौधरीको मार्गदर्शनमा ३२ विद्यार्थीहरूको सहभागीता रहेको थियो । 

उनीहरूले तालिमहरूमा भाग लिँदै, आफ्नो रोबोटिक्स परियोजनाहरूमा काम गरेका थिए । विद्यार्थीहरूले ८ वटा विविध परियोजना समेत विकास गरेका थिए । 

कार्यक्रमको अन्तिम दिन अर्थात असार ९ गते विद्यार्थीहरूले आफ्नो नवप्रवर्तनात्मक परियोजनाहरू प्रदर्शनीमा प्रस्तुत गरेका थिए । उत्कृष्ट परियोजना प्रस्तुत गर्ने ३ वटा परियोजनालाई सम्मान समेत गरिएको थियो । 

ब्रेनडिजिटका कार्यक्रम संयोजक रूपेश कुमार साहले युवाहरूमा रहेको अविश्वसनीय सम्भावनालाई बुटक्याम्पले उजागर गरेको बताए । 

टोखा नगरपालिकाका प्रमुख शिक्षा अधिकारी, बाबुराम गौतमले यसले टोखा नगरपालिकाको प्राविधिक शिक्षा र नवप्रवर्तनमा अवसरहरू विस्तार गर्ने निरन्तर प्रयासको सुरुवात गरेको बताए ।