कीवर्डहरू -

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ । बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएको छ ।

नेपाल बैंक लिमिटेड, वीरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदीप क्याम्पस सुर्खेतको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैकिङ्गसम्बन्धी जानकारी गराइ डिजिटल बैकिङ्गका प्रविधिहरूमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कार्यक्रमहरूमा करिब ३०० विद्यार्थीहरू सहभागी थिए ।

उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी, नेपाल बंैकका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ्ग प्रविधिहरू, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ्गका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।

बैंकले जुम्ला शाखाको पहलमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा पनि पुस ९ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

८५ औं वर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले हाल ७२ जिल्लामा २१३ शाखाहरू, १५० एटिएम र ४७ एक्सटेन्सन काउण्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको जनाएको छ ।