कीवर्डहरू -

गुगल स्लाइडमा नयाँ सुविधा उपलब्ध, अब काम पहिले भन्दा सजिलो हुने

गुगल स्लाइडमा नयाँ सुविधा उपलब्ध, अब काम पहिले भन्दा सजिलो हुने

गुगलले स्लाइड्समा सम्पादन, भ्यू र टिप्पणी जस्ता विभिन्न मोडहरू बीच स्विच गर्न मिल्ने सुविधा ल्याएको छ । यसले प्रयोगकर्ताहरूलाई धेरै मामिलामा काम गर्न सजिलो बनाउने अपेक्षा गरिएको छ  ।

यदि प्रयोगकर्ताहरूले पेजेन्टेसनमा कमेन्ट लुकाउन चाहन्छन् वा आकस्मिक सम्पादनबाट बच्न चाहन्छन् भने, अब देखि भ्यू मोडमा स्विच गर्न सक्नेछन् ।

कमेन्टिंग मोड छनौट गर्दा सबै सम्पादन विकल्पहरू लुकाउन सकिनेछ, तर प्रयोगकर्ताहरूले अझै पनि कमेन्ट पढ्न र थप्न सक्षम हुनेछन् ।  मोड परिवर्तन गर्न, प्रयोगकर्ताहरूले भ्यू–मोडमा नेभिगेट गर्नुपर्छ ।

यो सुविधा गूगल वर्कस्पेसका ग्राहक, गूगल वर्कस्पेसका व्यक्तिगत सदस्य र व्यक्तिगत गूगल वर्कस्पेस अकाउन्ट भएका प्रयोगकर्ताहरूलाई उपलब्ध हुनेछ ।

योसँगै गूगलले प्रयोगकर्ताहरूलाई गूगल मीटबाट सीधै आफ्नो सामग्री स्क्रोल र जुम इन वा आउट गर्न दिने सुविधाको घोषणा गरेको छ ।

कम्पनीका अनुसार यो फिचरले ट्याबहरू बीचमा स्विच गर्नुपर्ने आवश्यकतालाई हटाउनेछ, जसले प्रयोगकर्ताहरूलाई उनीहरूको प्रेजेन्टेसनमा बढी ध्यान केन्द्रित गर्न मद्दत गर्नेछ ।