कीवर्डहरू -

बेटिङ एपबाट ३ करोड बढीको कारोबार गर्ने एक युवक पक्राउ

बेटिङ एपबाट ३ करोड बढीको कारोबार गर्ने एक युवक पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन जुवा तथा सट्टेबाजी खेल्ने खेलाउने कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बटिङ एपहरूबाट अनलाइन जुवा तथा सट्टेबाजी खेल्ने खेलाउने गरी गैरकानुनी रूपमा आर्थिक कारोबार गर्ने काठमाडौंका ३० वर्षीय किपेश महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले बेटिङका एप्लिकेसनहरू डिभाइसमा इन्स्टल गरी अनलाइन अनलाइन जुवा तथा सट्टेबाजी गेम खेल्ने / खेलाउने कार्य गरी बेटिङ साइटमा पहुँच राखी गैरकानूनी रुपमा आर्थिक कारोबार गर्दै आएका थिए ।

विभिन्न बेटिङ खेलहरुमा अनलाईनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा महर्जनलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । 

गोप्य सूचनाका आधारमा असार ७ गते अनलाइन गेम खेलाउन प्रयोग भएका विभिन्न कम्पनीका ४ थान मोबाईलसहित उनी प्रकाउ परेका थिए । अनुसन्धान गर्दा निजले प्रयोग गर्ने गरेको मोबाईल डिभाइसमा क्यास एप लगायतका बेटिङ एपमा ६८ लाख ८८ हजार ९२८ रूपैयाँ (५१६०३ अमेरिकी डलर) को कारोबार गरेको देखिएको प्रहरीको भनाइ छ । 

साथै बरामद भएको मोबाईलमा वानएक्स बेट इन्स्टल गरी अनलाइन गेम खेल्ने गरेको र विभिन्न व्यक्तिको नाममा सञ्चालित वालेट तथा बैंक खातामा जम्मा २ करोड ७२ लाख ९० हजार रूपैयाँको कारोबार गरेको देखिएको छ । 

महर्जनलाई आवश्यक कारवाहीका जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ ।