कीवर्डहरू -

माछापुच्छ्रे बैंक, नेप्स र सिटिटेकबीच एकीकृत व्यापार व्यवस्थापन प्रणाली सञ्चालन गर्न सम्झौता

माछापुच्छ्रे बैंक, नेप्स र सिटिटेकबीच एकीकृत व्यापार व्यवस्थापन प्रणाली सञ्चालन गर्न सम्झौता

माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) र सिटिटेकले एकीकृत व्यापार व्यवस्थापन प्रणाली गेट पे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन् ।

सम्झौता पत्रमा नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा, सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।

नेप्स र सिटिटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जाललाई बैंक र व्यापारीले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् ।

सम्झौताले व्यापारीको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलग-अलग रजिस्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्ममार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

साथै हाल प्रचलनमा रहेका सबै भुक्तानी उपकरण तथा सञ्जाललाई समेटेर एकै प्रणालीबाट बैंक तथा व्यापारीलाई सेवा लिन र दिन सहज हुने जारी विज्ञप्तिमा उल्लखे छ ।

कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीमा पुग्ने, पटक-पटक व्यापारीको रजिस्ट्रेसन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीलाई बैंकहरुले अझ परिष्कृत सेवा प्रदान गर्न सहज हुनेलगायतका विशेषता गेट पेमा छन् ।