कीवर्डहरू -

सनवे कलेजले पाँच दिने निःशुल्क एआई वर्कशप आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

सनवे कलेजले पाँच दिने निःशुल्क एआई वर्कशप आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

सनवे कलेजले एआईमा निःशुल्क पाँचदिने वर्कशप दिने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले एआई सम्बन्धी पाँचदिने वर्कशप आयोजना गर्न लागेको हो ।

वर्कशप वैशाख ३१ गतेदेखि पाँचदिनसम्म सञ्चालन हुनेछ । पाँच दिने वर्कशपमा एआईको आधारभूत अवधारणाहरू लाई प्रयोगात्मक रुपमा सिकाइने बताइएको छ । 

विद्यार्थीहरूले प्रत्यक्ष रुपमा प्रयोगात्मक शैलीबाट एआईका विभिन्न टुल्ससंग खेल्न पाउने र संगै संलग्न भएर कम गर्ने छन् ।

 आई भाषाका मोडेलहरुबाट नयाँ र अद्भुत नतिजा निकाल्ने प्रम्प्ट तरिका सिक्न पाउने छन् भने प्रत्यक्ष संलग्न भएर विद्यार्थीहरूले चालक बिहिन गाडी (रोबोटिक भेइकल) बनाउने जस्ता गतिबिधमा आफुलाई निखार्न पाउने अवसर प्राप्त गर्ने कलेजको दावी छ । 

विद्यार्थीहरूले थुप्रै यस्ता रचनात्मक कार्यहरु वर्कसप मार्फत सिक्न पाउने र एआईको प्रयोगलाई आफ्नो दैनिक जीवनमा उतार्न सक्ने यो पाँच-दिने वर्कसप विद्यार्थीको सिकाईको लागि कोशे ढुंगा स्थापित हुने कलेजको भनाइ छ ।

यस वर्कसपमा सहभागी सम्पूर्ण विद्यार्थीहरुले अन्तिम दिनमा प्रमाणपत्र समेत प्रदान गरिने छ । यो पाँच-दिने एआई वर्कसप नि:शुल्क संचालन हुने र विद्यार्थीहरु जुनसुकै संकाय (विज्ञान, व्यवस्थापन, मानविकी) बाट सबै जनाले भाग लिन पाउने छन् । 

वर्कशपमा सहभागी भएर सनवे कलेज काठमाण्डौले चार वर्षे एआई कोर्षमा १०० प्रतिशतसम्म छात्रवृत्ति दिने जनाएको छ । यस पाँच दिने वर्कशपमा सहभागी हुन यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।