कीवर्डहरू -

आयोन वाई ईभी ५ लाख ८५ हजार डाउनपेमेन्टमा खरिद गर्न सकिने

आयोन वाई ईभी ५ लाख ८५ हजार डाउनपेमेन्टमा खरिद गर्न सकिने

जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइको खरिदमा अफरको घोषणा गरेको छ । जसअनुसार ५ लाख ८५ हजार डाउनपेमेन्टमा गाडी उपलब्ध हुनेछ । 

आयोन वाइ  अब केवल ५.८५ लाख रूपैयाँको न्यूनतम डाउन पेमेन्टमा उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो पुरानो सवारी साधनमा २ लाख रूपैयाँसम्म टपअपबाट प्राप्त गर्दै निश्चित एक्सचेन्ज फाइदा लिन सक्नेछन् ।

साथै, आयोन वाइको खरिदमा थप  २ लाखसम्मको नगद छुटको पनि सुविधा रहेको छ। यो विशेष अफरमा १ वर्षको बीमा र पहिलो १ वर्षको सडक करको भुक्तानी जस्ता निःशुल्क सुविधाहरू पनि समावेश रहेको कम्पनीले जनाएको छ ।

आयोन वाई गाडी बजेटअघिकै मूल्यमा सीमित समयको लागि उपलब्ध रहेको समेत कम्पनीको भनाइ छ ।