कीवर्डहरू -

आईटीमा रूची भएका केटीहरूलाई लक्षित गर्दै अल गर्ल्स मिटअप हुँदै

आईटीमा रूची भएका केटीहरूलाई लक्षित गर्दै अल गर्ल्स मिटअप हुँदै

आगामी जेठ १३ गते आईतबार काठमाडौंमा पहिलो अल गर्ल्स मिटअप हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा रूची भएका केटीहरूलाई लक्षित गर्दै मिटअप हुन लागेको हो । 

एडब्लुएस युजर ग्रुप वुमन इन टेक नेपालले नास आईटी र डियरहोल्डसँगको सहकार्यमा गर्न लागेको मिटअप डियलहोल्ड सिफल काठमाडौंमा दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म सञ्चालन हुनेछ ।

मिटअपको थिम ‘इम्पावरिङ वुमन इन डेभअप्स स्टिमः च्यालेन्जेज एण्ड अपर्चुनिटिज’रहेको छ । मिटअपमा डेभअप्स सम्बन्धि वर्कशप, सफलताका कथा, सफ्ट स्किल सेसन लगायतका गतिविधि हुनेछन् ।

यदी तपाई पनि यस मिटअपमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । यो इभेन्ट निःशुल्क रहेको छ ।